विराटनगर,४ असोज।विराटनगर स्थित ओशो ध्यान आश्रमलाई एक जना दाताले रु. पाँच लाख आर्थिक सहयोग गर्नु भएको छ।
ओशो साधक तथा नेपाल सरकारका पूर्वकर्मचारी डुल्लुराज बस्नेत (स्वामी बितराग) ले आश्रम सञ्चालन सहयोगको लागि अक्षयकोष खडा गर्न रु पाँच लाख सहयोग गर्नु भएको हो।
विराटनगर २ स्थित ओशो आश्रममा आज कार्यसमितिका पदाधिकारी लाई चेक हस्तान्तरण गरिएको छ।गत माघ महिनामा स्वामी आनन्द अरुणको ध्यान शिविर चलेका बेला आश्रम सञ्चालानार्थ हेतु अक्षय कोष खडा गर्न दाताले सहयोग गर्ने घोषणा गर्नु भएको थियो।
बस्नेतले ओशो सन्यासी माझ भन्नु भयो–म पनि ध्यान र साधना संग जोडिएको छु र आश्रमसंग मेरो पनि लगाव छ।आश्रममा ध्यान लगायतका गतिविधि गर्न थोरै भएपनि सहयोग पुगोस भन्ने अभिप्रायले सहयोग गरेको उहाँले बताउनु भयो।
विराटनगर आश्रममा ओशोले प्रतिपादन गरेका ध्यानका नियमित कार्यक्रम हुँदै आएकोमा कोरोना महामारी पछि स्थगित रहेको बताइएको छ।
प्रतिक्रिया