आज संविधान दिवस, प्रधानमन्त्रीद्धारा देशवासीका नाममा सम्बोधन, हेर्नुहोस आज असोज ३ गते

इनेप्लिज २०७७ असोज ३ गते ११:११ मा प्रकाशित

व्यवसायीहरुले लामो दुरीका गाडी सञ्चालन गर्न थालेका छन् । उनीहरुले सरकारले गरेको निर्णयअनुसार असोज १ गतेदेखि लामो दुरीका गाडी चलाउन थालेका हुन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसँग नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात सम्बद्ध तीनवटै ट्रेड युनियनका प्रतिनिधिहरुले छलफल गरेपछि व्यवसायीहरुले लामो दुरीका गाडी चलाउन थालेका हुन् ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम रहेकाले सरकारले उचित मापदण्ड र बस सञ्चालनको कार्यविधि नबनाउँदा गाडी चलाउने विषयमा केही समय व्यवसायीहरु अलमलमा परे । तर मन्त्रालयले बस सञ्चालन कार्यविधि बनाउने जिम्मा यातायात व्यवस्था विभागलाई दिएलगत्तै विभागले कार्यविधि तयार पारेर व्यवसायीलाई दिएको छ । यो संगै अन्य आज असोज ३ गतेका मुख्य समाचारहरु तलको भिडियोमा हेर्नुहोस :

प्रतिक्रिया