प्रदेश न.१ मा आज १६६ जना सङ्क्रमित थपिए

इनेप्लिज २०७७ असोज २ गते २३:०१ मा प्रकाशित


विराटनगर,२ असोज।प्रदेश न.१ मा पछिल्लो २४ घण्टाको अवधिमा १६६ जना कोरोना सङ्क्रमित थपिएका छन्।जसमा ५७ जना महिला १०९ जना पुरुष छन् ।थपिएका सङ्क्रमितमा मोरङमा १००, सुनसरीमा ५६, झापामा आठ र उदयपुरमा दुई जना छन्।

सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा पछिल्लो २४ घण्टाको अवधिमा ५८ जना सङ्क्रमित भएका छन् । सोमध्ये २५ महिला र ३३ जना पुरुष छन्।

सङ्क्रमितहरु मोरङको कटहरीमा सात महिला र आठ पुरुष, पथरीशनिश्चरेमा चार पुरुष,बुढीगंगामा एक महिला र तीन पुरुष,जहदामा एक महिला र दुई पुरुष, धनपालथानमा एक महिला र दुई पुरुष,रंगेली र बेलबारी एकएक महिला,ग्रामथान र सुन्दरहरैचामा एकएक पुरुष,स्थानीय तह नखुलेका तीन महिला र छ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

यस्तै,सुनसरीको ईटहरीमा सात महिला र २५ पुरुष, बराहक्षेत्रमा दुई महिला र १० पुरुष,धरानमा एक महिला र आठ पुरुष, इनरुवामा एक महिला र एक पुरुष, हरिनगरमा एक महिला,झापाको शिवसताक्षीमा तीन महिला र चार पुरुष, कनकाईमा एक पुरुष, उदयपुरको त्रियुगामा एक पुरुष, स्थानीय तह नखुलेका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको बताइएको छ।

यसप्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ४३७ जना पुगेको छ भने होमआईसोलेसनबाट १२७, कोभिड–१९ आईसोलेसन अस्पताल, सुन्दरहरैचाबाट ३३, धाइजन आईसोलेसन अस्पतालबाट १३,जिल्ला अस्पताल संखुवासभाबाट १०, मेची अस्पताल झापाबाट चार, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट तीन,वि.जेनरल अस्पताल हरिनगर र मारवाडी सेवा सदन आईसोेलेसन विराटनगरबाट एकएक जना गरी १९२ जना आज डिस्चार्ज भएका छन्।

हालसम्ममा यसप्रदेशमा कोरोनाबाट मुक्त हुनेको सङ्ख्या दुई हजार ४३२ पुगेको छ भने पछिल्लो २४ घण्टाको अवधिमा ६६९ जना सहित एक लाख १३ हजार ८८९ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया