प्रदेश न.१ मा आज १७१ जना सङ्क्रमित थपिए

इनेप्लिज २०७७ असोज १ गते २२:४२ मा प्रकाशित


विराटनगर,१असोज।प्रदेश न.१ मा पछिल्लो २४ घण्टाको अवधिमा १७१ जना कोरोना सङ्क्रमित थपिएका छन्।दैनिकी सङ्कमितमा आजको सङ्ख्या सबै भन्दा उच्च हो।सङ्क्रमितमा ५० जना महिला र १२१ जना पुरुष छन्।

थपिएका सङ्क्रमितमा मोरङमा ९२,सुनसरीमा ६३,झापामा ११,खोटाङ र धनकुटामा एकएक र प्रदेश बाहिरका तीन जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विराटनगरमा पछिल्लो २४ घण्टाको अवधिमा ६५ जनामा सङ्क्रमण देखिएको छ।सोमध्ये १५ जना महिला र ५० जना पुरुष छन्।

मोरङको बढीगंगामा चार महिला र छ पुरुष, जहदा र कटहरीमा तीनतीन पुरुष, सुन्दरहरैचामा एक महिला र एक पुरुष,लेटाङमा एक पुरुष, रतुवामाई, रंगेली र धनपालथानमा एकएक महिला,बेलबारी र ग्रामथानमा एकएक पुरुष, स्थानीयतह नखुलेका एक महिला र दुई पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।

यस्तै,सुनसरीको धरानमा ११ महिला र १७ पुरुष, दुहवीमा तीन महिला र १९ पुरुष,इटहरीमा चार महिला र सात पुरुष,गढीमा दुई पुरुष,झापाको दमकमा पाँच महिला र एक पुरुष,मेचीनगरमा तीन पुरुष,कनकाईका एक महिला र स्थानीयतह नखुलेका एक पुरुष,खोटाङमा एक महिला,धनकुटामा एक पुरुष तथा प्रदेश बाहिरका एक महिला र दुई पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

यसप्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार २७१ पुगेको छ भने आज ४३ जना सहित दुई हजार २३९ जना कोरोनाबाट मुक्त भएर घर फर्किसकेको मन्त्रालयले जनाएको छ।

प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा एक हजार १५७ जना सहित हालसम्ममा एक लाख १३ हजार २२० जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया