विराटनगर,१ असोज(रासस):संविधान दिवस भव्य रुपमा मनाउन जिल्ला प्रशासन कार्यालय मोरङमा भदौ २५ गतेसंविधान दिवस मूल समारोह समितिको निर्णय गृह मन्त्रालयबाट प्राप्त भएको पत्र अनुसार सो दिवस मनाउन प्रशासनले पत्राचार गरेको छ।
पत्र अनुसार प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, संघसंस्था, कार्यालयमा राष्ट्रिय झण्डा फहराउने तथा आम सर्वसाधारण नागरिकले असोज २,३ र ४ गते घरघरमा साँझमा दीव प्रज्ज्वलन गर्ने, स्थानीय सञ्चार माध्यम तथा पत्रपत्रिकाबाट संविधानसँग सम्बन्धित विभिन्न सन्देश तथा कार्यक्रमहरु प्रकाशन एवं प्रशारण गर्ने,विभिन्न मन्दिर,बुधविहार,मस्जिद, चर्च एवं गुरुद्वार लगायतका धार्मिक स्थानहरुमा नित्य पूजा गर्दा राष्ट्र,राष्ट्रियता, स्वतन्त्र र संविधानका लागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात शहीदहरुको आत्माको चीरशान्तिका लागि राष्ट्रको तर्फबाट उच्चसम्मान र श्रद्धाञ्जली प्रकट गर्दै पूजापाठ तथा प्रार्थाना गर्न जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेको छ।
प्रतिक्रिया