प्रदेश मन्त्री परिषद् वैठक–प्रदेश सुशासन सञ्चालन स्वीकृति प्रदान

इनेप्लिज २०७७ भदौ ३० गते २१:१८ मा प्रकाशित

विराटनगर, ३० भदौ (रासस):प्रदेश नं.१ को मन्त्री परिषदको आज वसेको वैठकले विभिन्न निर्णय गरेको छ।

वैठकले मुुख्यमन्त्री कार्यालय वाट प्राप्त प्रदेश सुुशासन व्यवस्थापन तथा सञ्चालन नियमावली–२०७७ लाई स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ।

यसैगरी आन्तरिक मामिला तथा कानुुन मन्त्रालय वाट आएको विपद् व्यवस्थापन सम्बन्धी ऐनको मातहतमा रहेर मुुख्यमन्त्री अत्यावश्यक सेवा सञ्चालन केन्द्र सञ्चालन तथा व्यवस्थापन सम्वन्धी कार्यविधी–२०७७ लाई स्वीकृति प्रदान गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले बताउनु भयो।

प्रदेश सुुशासन व्यवस्थापन सञ्चालन सम्वन्धी ऐन गत वर्ष आएको मन्त्री कार्कीले जानकारी दिनु भयो।वैठक मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा थियो।

प्रतिक्रिया