सर्पलाई दुध

शिव पलाँस २०७७ भदौ ३० गते ०:१३ मा प्रकाशित

भुइँभरि
असरल्ल पोखिएको छ
सारङ्गी पेटहरुको बिस्कुन
आँसुको समुन्द्रमा
पानीजहाज आएको छ
पीडाको पहाड भरि
रेल दगुरीरहेको छ
चिसो अगेनोमा
आक्रोशको ज्वाला पाकिरहेछ
बुढो कुर्सी छ एउटा
र छन् कुर्सीका केही जवान छोराहरु
जो कान फिटिक्क सुन्दैनन्
आँखा पटक्क देख्दैनन्
लाज कहिल्यै छेक्दैनन्
मरिगए डेग चल्दैनन्
उनिहरु
फगत् छैठौं इन्द्रियका दास हुन्
जो जनता लाई पानी खुवाउन छोडेर
सर्पलाई दुध खुवाउन कस्सिएका छन् ! ! !

शिव पलाँस

प्रतिक्रिया