देशभित्र पनि
अरू रङ्गीन देशहरू छन्
भेषभित्र पनि
अरू विविध भेषहरू छन्
प्रान्तभित्र पनि
अरू बर्जित प्रान्तहरू छन्
र त
अब उप्रान्त
हुॅदैन मात्र सजाएर हृदयको क्यानभास
रोज्नु मात्र हुॅदैन सालिकको इतिहास
सॅधै के कुरा गर्नु
त्यो उल्टो बग्ने नदी
त्यो उल्टै हिॅड्ने पदचाप
बेसी ओर्लिएका पहाडहरू
गाइॅगुइॅ गर्दा एकान्तमा
धेरै दृश्यहरू आउॅछन् ॲाखानजिक
र हेर्दाहेर्दै
क्षणभरमा लेखिन्छन् ल्याप्चे इतिहास
ल्याप्चे इतिहासको साक्षी बन्दा
उभिएर कठघरमा
भनिदिन मन थियो
त्यो इतिहास झुटो हो
ती गवाही फर्जी हुन्
नडग्दै मेरो सत्य
तर
हिजोआज अराजक छन् इतिहासकार
लाचार छन् न्यायाधीश
मातिएका छन् कविहरू
बौलाएका छन् सेनाहरू
पागल छन् वकिलहरू
भेडै हुन् बुद्दिजीवीहरू
काना छन् जनता
कसले सुन्लान् र मेरा कुरा ?
यस्तो बेला
लेखिॅदैन नयाॅ इतिहास
पढिॅदैनन् मीठा कविता
कोरिॅदैनन् नयाॅ सिमाना
देश सुतेको बेला
सुत्छन् उत्साहहरू पनि
मर्छन् जाॅगरहरू पनि
जति कोसिस गरूॅ
लेख्नलाई रगतले कृतिगाथा
भो ! भनिदेऊ अब त
ती हिमाल ,पहाड र तराईहरूलाई
बज्दै छ देशमा अचेल
वेदनाको बाॅसुरी
लेखिॅदै छ त्यो ल्याप्चे इतिहास
हिॅडिरहेछ देश अन्त कतै
उल्टो गोरेटो :उल्टै दिशा
कुरिरहेछ देशले कतै
उदास मूलबाटो
झर्दै गर्दा रगतका झरना
बग्दै गर्दा ॲासुहरूको नदी ।
प्रतिक्रिया