इन्फिनिक्सले Note 7 लन्च गर्यो : 48MP Quad क्यामेरा भएको यस स्मार्टफोन

इनेप्लिज २०७७ साउन २९ गते १२:२६ मा प्रकाशित


काठमाडौं। युवा वर्गलाई लक्षित गरेर डिजाइन गरिएको अनलाइन ड्रिभन प्रीमियम स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले धेरै अपेक्षा गरेको Note 7 सिरिज लन्च गरेको छ । इन्फिनिक्सको Note 7 सिरिजमा 48MP Quad क्यामेरा जडित छ र यसले कम प्रकाश भएको ठाँउमा पनि high detail फोटो खिच्छ । साथै यसमा MediaTek Helio G70 chipset / 6.95” HD+ Infinity-O display जडित छ । यस Note 7 सिरिजमा 4GB RAM छ भने 128 GB storage memory छ । Note 7 सिरिज अगस्ट १२, २०२० देखि बजारमा उपलब्ध छ । यस स्मार्टफोन हरियो, कालो र निलो गरेर तीन वटा मनमोहक रंगहरूमा उपलब्ध छ र यसको परावर्तनशील सिसालाई सूक्ष्म ढाँचाहरूले सुन्दर बनाएको छ ।

Note 7 मा 48 MP Quad camera जडित भएकोले प्रयोगकर्ताहरूले प्रकाशको मात्रा धेरै वा थोरै भएको र विशेष गरी कम प्रकाश भएको ठाँउमा पनि धेरै नै राम्रो (ultra-high-resolution) फोटो खिच्न सक्छन्, चाँहे त्यो सुन्दर सूर्यास्त हुँदै गरेको समय होस् या लाईट पछाडीको सडकको दृश्य; चाँहे त्यो सेल्फी होस् या रातको समयमा फोटो खिच्दा चाहिने हाइलाइटहरू । Note 7 डिटेल क्याप्चर गर्न तथा स्पष्ट र जीवन्त सौन्दर्यको भान हुने खाल्का फोटा खिच्न सक्षम छ ।

æNote 7 बजारमा ल्याउन पाउँदा हामीलाई गर्वको महसुस भएको छ । æNote 7 ले स्टाइलिश डिजाइन, ट्रेंडी प्रविधि र उच्च गुणस्तरको हार्डवेयर र सफ्टवेयर जस्ता शक्तिशाली फिचरका साथ प्रीमियम स्मार्टफोनको अनुभव दिने इन्फिनिक्सको विरासतलाई आत्मसाथ गरेको छ । æNote 7 त्यस्तो स्मार्टफोन हो जसले इन्फिनिक्सको प्राविधिक नयाँपनलाई समेटेको छ भने लक्षित उपभोक्ताहरूको सबै प्रकारको सामग्री हेर्न र सुन्न तथा उपलब्ध भएका सबै फिचरहरू चलाएर विस्तारित अनुभव लिने वास्तविक आवश्यकताहरूसंग मेल खाने खाल्को फिचर दिने हाम्रो चाहनालाई पुर्ती गरेको छ । यस्तै मुल्यमा आउने अरु स्मार्टफोनको दाँजोमा यस नयाँ प्रविधि भएको æNote 7 प्रयोग गरेर असीमित चमत्कारहरूको अन्वेषण गर्दा हाम्रो फ्यानहरू तथा प्रयोगकर्ताहरू दंग पर्छन् भन्ने कुरामा हामी विश्वस्त छौं,” इन्फिनिक्स नेपाल ।

इन्फिनिक्सका लागि नवनियुक्त राष्ट्रिय वितरक ओला इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड स्मार्टफोनको बिक्री वितरण पश्चात आवश्यक पर्ने सेवाहरूमा ध्यान दिने चासोका साथ यस स्मार्टफोनको नवीनतम संस्करणहरू बजारमा ल्याउन पाउँदा असाध्यै उत्साहित छन् ।

यस स्मार्टफोनको 1080p low-light भिडियो क्यामेराले 30fps, pixel2.8μm मा फ्ल्यास बिनानै कम प्रकाश भएको ठाँउमा पनि हरेक डिटेल र कलर क्यापचर गर्छ । अरु भन्दा पृथक रहेको यस स्मार्टफोनको 1080p low-light भिडियो क्यामेराले यस Note 7 लाई अन्य स्मार्टफोनहरूको भिडमा सबैभन्दा छुट्टै रहेको पहिचान दिन्छ । यहि बीचमा, यसमा AI Image stabilisation प्रविधि रहेको छ र प्रयोगकर्ताहरूले नाईट मोड (night mode) प्रयोग गरेर कम प्रकाश भएको अवस्थाहरूमा पनि ब्लर बिनाको फोटोहरू खिच्न सक्छन् ।

Note 7 ले सही तरिकाले हलचल र स्थिरताको पहिचान गरि यसलाई विस्तार तथा निर्मूल गर्दछ र गतीमा रहेको पोजहरूको पनि स्थिर तस्वीर खिच्दछ । यसले प्रयोगकर्ताहरूलाई धेरै गतीमा रहेको पोजहरू पनि ब्लर बिना खिच्न सहयोग पुर्याउछ । यसबाहेक, यसमा 16MP front क्यामेरा छ र यसको प्रयोगले एक सेकेन्डमा नै सेल्फीलाई एउटा राम्रो तस्विरमा परिणत गर्न सकिन्छ ।

6.95’’ HD + Infinity-O display / MediaTekHelio G70 CPU performance भएकोले यस Note 7 दैनिक काममा कुशल हुन चाहने र फोनमा गेम खेल्ने रुचाँउने प्रयोगकर्ताहरूका लागि उपयुक्त फोन हो । यस फिचरले फोनमा देखिने दृश्यको उत्कृष्ट अनुभव दिलाउँछ भने धेरै कार्य एकैसाथ सजिलै रुपमा गर्न सहयोग पुर्याउछ ; चाहे भिडियो कल गर्दा होस् या गेम खेल्दा वा मन पर्ने भिडियो हेर्दा होस् या अरु नै फिचर चलाउँदा । यसमा 5000mAh ब्याटरी भएकाले नै प्रयोगकर्ताहरूले धेरै समय सम्म फोन चलाउन सक्छन् । यसको 18W super-fast charge अर्को फिचर हो जुन उपभोक्ताहरूको द्रुत गतिको जीवनशैलीसंग मेल खान्छ ।

मूल्य
Note 7 (4+128) ? @!,(()÷—
वारेन्टीका सर्तहरू
ह्यान्ड सेटका लागि १ वर्ष र ब्याटरी र चार्जरका लागि छ महिना ।

सेवा सम्बन्धित प्रश्नहरूका लागि, कृपया सम्पर्क गर्नुहोस् ः
ओला इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड
Email: [email protected]

इन्फिनिक्सका बारे

युवा पिँडीलाई लक्षित गरि सन् २०१३ मा आरन्भ भएको इन्फिनिक्स मोबाईल एक प्रीमियम अनलाइन ड्रिभन स्मार्टफोन ब्रान्ड हो । ‘फिउचर इज नाँउ’ भन्ने ब्रान्डको सारका साथ इन्फिनिक्सले उपभोक्ताहरूलाई भिडमा सबैभन्दा पृथक रहन र संसारलाई आफ्नो पहिचान दिन सक्ने बनाउन लक्ष्य लिएको छ । इन्फिनिक्सले सबैभन्दा नवीनतम प्रविधि र स्टाइलिश डिजाइन दिन तथा उपभोक्ताहरूले अपनाईरहेको ट्रेंडलाई आत्मसात गर्न प्रतिबद्ध छ । इन्फिनिक्सले उपभोक्ताहरूलाई नवीनतम प्रविधिलाई अपनाउन र अमन्द जीवनशैलीको अनुभव गर्न सशक्त ZERO, NOTE, HOT, S, and SMART गरी ५ वटा प्रडक्टहरू बजारमा ल्याएको छ ।इन्फिनिक्सको उपस्थिति अफ्रिका, ल्याटिन अमेरिका, मध्यपूर्व, दक्षिणपूर्व एशिया र दक्षिण एशिया संगसंगै विश्वभरि ४० भन्दा बढी देशहरूमा रहेको छ।

थप जानकारीको लागी, कृपया इन्फिनिक्सको वेभसाईट र फेसबुक हेर्नुहोस् ।

Website: http://www.infinixmobility.com/
Facebook: https://www.facebook.com/InfinixMobilepal/eN

ओला इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेडका बारे

ओला इलेक्ट्रोनिक्स नेपालको ग्याजेट र मोबिलिटी इकोसिस्टमको दुनियाँमा एक अग्रनी स्थानमा रहेको कम्पनी हो । नयाँ प्रविधि सस्तो मूल्यमा नेपाली बजारमा ल्याउनु नै यस कम्पनीको मुख्य लक्ष्य हो । सन् २०१० मा स्थापना भएको ओला इलेक्ट्रोनिक्सको वितरण च्यानल देश भर फैलिएको छ ।अन्तर्राष्ट्रिय स्तरको सेवा तथा बिक्री वितरण पश्चात आवश्यक पर्ने सेवाहरूका साथ ओला इलेक्ट्रोनिक्स नेपालमा रहेका आफ्ना उपभोक्ताहरू तथा साझेदारहरूलाई खुशी प्रदान गर्न चाहन्छ।

थप जानकारीको लागी, कृपया तल उल्लेखित इमेल वा फोन नं मा सम्पर्क गर्नुहोस् ।

Website: http://www.infinixmobility.com/
Facebook: https://www.facebook.com/InfinixMobileNepal/

 

Od]n: [email protected]
kmf]g g+: +977- 9802322008

प्रतिक्रिया