अनेसास बालसाहित्य समितिको संयोजकमा डा. केशव शर्मा

इनेप्लिज २०७७ साउन २७ गते १०:१८ मा प्रकाशित

अनेसास बालसाहित्य समितिको संयोजकमा डा. केशव शर्मा अमेरिका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आइतबार बसेको बैठकले बालसाहित्य समितिको संयोजकमा अष्ट्रेलिया निवासी डा. केशव शर्मालाई नियुक्त गरेको छ|

बालसाहित्यको क्षेत्रमा देखिएका सम्भाबना र चुनौतिलाई अंगिकार गर्दै नेपाली भाषा र सहित्यलाई डायस्पोराका दोश्रो पुस्तामाझ पुर्याउने अभियानका साथ गठित उक्त समितिले आगामि दिनमा बालबालिकालाई नेपाली लेख्न, बोल्न र साहित्य सिर्जना गर्ने वातावरण बनाउने छ | समितिले बालबालिकाका रचना प्रकाशन र बितरणको लागि पुलको काम पनि गर्नेछ | समाजका अध्यक्ष प्रकाश पौडेल माईलाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो | समितिको कार्यकाल दुईबर्षको रहने छ |

प्रतिक्रिया