” अन्तर्दृष्टि” मा थापा र दर्पण”मा सुवेदी

इनेप्लिज २०७७ साउन २७ गते १०:११ मा प्रकाशित

” अन्तर्दृष्टि” मा थापा र दर्पण”मा सुवेदी अमेरिका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आइतबार बसेको बैठकले आफ्ना प्रकाशनहरूको प्रधान सम्पादन नियुक्त गरेको छ| समाजको त्रैमासिक प्रकाशन ” अन्तर्दृष्टि” मा बेलुकाजी थापा र अनलाईन त्रैमासिक प्रकाशन “दर्पण” मा लालगोपाल सुवेदीलाई नि‍युक्त गरेको हो |

समाजका अध्यक्ष प्रकाश पौडेल माईलाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो | बैठकमा वरिष्ठ उपाध्यक्ष गोवर्ध्दन पूजाद्वारा राखिएको प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको थियो | यस अघि अन्तर्दृष्टि” का प्रधान सम्पादक दीप पाठक थिए भने “दर्पण”का प्रधान सम्पादन सुवेदी नै थिए| दुबैको कार्यकाल दुईबर्षको रहने छ |

प्रतिक्रिया