कबि बसन्त श्रेष्ठको नविनतम कृति “अर्को गोलार्धको मान्छे” प्रकाशित

इनेप्लिज २०७७ साउन २५ गते १८:१७ मा प्रकाशित

कबि बसन्त श्रेष्ठको कविता कृति “अर्को गोलार्धमा उभिएको मान्छे” भर्खरै काठमाण्डौमा प्रकाशित भएको छ । शमी साहित्य प्रतिष्ठान,अनाम नगर काठमाडौँद्वारा प्रकाशन भएको सो कृति काठमाण्डौका पुस्तक पसलमा बिक्रि वितरणको लागि उपलब्ध छ ।

कबि श्रेष्ठको यो चौथो कविता कृतिको प्रकाशन हो । यस अघि उनका “बसन्त श्रेष्ठका कविता”, भावनाका लहरहरु” र “उज्यालो खोज्ने आवाजहरु” प्रकाशित भै सकेका छन् ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज,केन्द्रिय अध्यक्ष र नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाका अध्यक्ष समेत रही सक्नु भएका कबि श्रेष्ठको यो “अर्को गोलार्धमा उभिएको मान्छे” चौथो प्रकाशित कृति हो ।

बिभिन्न पत्र पत्रिकामा समसामयिक बिषयमा उनका लेख तथा रचना प्रकाशित भै रहेका छन ।

करिब करिब तीन दशक देखि अमेरिकामा बसोबास गरिरहेका कबि श्रेष्ठ हाल भर्जिनिया राज्यको उडब्रिज शहरमा दुई छोरा र श्रीमती संग बसोबास गर्छन ।

प्रतिक्रिया