यौन मनोविज्ञानमा आधारित कुमाता कथासंग्रह

इनेप्लिज २०७७ साउन २५ गते १४:३३ मा प्रकाशित

सुरेश कोइराला,अमेरिका

ईनेप्लिज सम्बाददाता । पत्रकार तथा कथाकार वसन्त पराजुलीको कुमाता कथासंग्रह अहिले वजारमा चर्चाकै पुस्तक हो । महिलाको यौन मनोविज्ञानमा आधारित रहेर प्रकाशित भएको कुमाता कथासंग्रह सामाजिक यथार्थवादी र महिला यौन मनोविज्ञानमा केन्द्रित छ । यसले समाजमा हुने यौन जन्य विकृतिहरु पनि उजागर गरेको पाइन्छ । ११२ पृष्ठ रहेको कुमातामा १० वटा कथाहरु छन् । हरेक कथालाई यसरी विश्लेषण गर्न सकिन्छ ।

१) . पत्रकार : यो कथा कुमाता कथा सग्रहको पहिलो कथा हो । एउटा कलमजिवीको पिडालाई यसले उजागर गरेको छ । पत्रकारको बाहिरी रवाफ जति हुन्छ त्यो भन्दा वढी उसको भित्रि पिडा हुन्छ । वास्तविकता फरक छ भन्ने कुरा यो कथामा देखाउन दोजिएको छ । समाजका सवै सवल र दुर्लभ पक्षहरुलाई केलाएर आम जनमानसमा सुसुचित वनाउने पत्रकार जव आफै मृत्युसँग संर्घष गरि रहेको हुन्छ त्यस वेला राज्य र समाज कसैको पनि उसको समस्या माथि दृष्टि पुग्दैन भन्ने कुरा यो कथामा देखाइएको छ ।

२. कुमाता : कुमाता यस कथासंग्रह भित्रको शिर्ष कथा हो । भनिन्छ माता कहिल्यै कुमाता हुन सक्दैन । तर यो कथामा हाम्रो सामाजिक परिस्थिति यति जटिल वन्छ मायाकी खानी माता आफै कुमाता बन्न विवश हुन्छे । यस कथामा चित्रित कान्छी पात्र युग समय र समाजको जल्दो वल्दो समस्याका रुपमा प्रतिनिधी पात्र भएर पनि यो कथा मार्मिक र कारुणिक बनेको छ ।

३. सन्न्यास : पछिल्लो समय सन्तानले आफ्ना अविभावकहरु प्रति जिम्मेवारी पुरा नगर्ने सस्कार हावी भैरहेको प्रति तिखो ब्यङ्ग हो यो कथा । अहिले समाजमा देखिएका दुई पुस्ताहरु विचको उपेक्षापूर्ण ब्यवहारवाट सताइएका हरिवहादुर जस्ता नेपाली समाजका पात्रहरुको जल्दो वल्दो समस्या हो । छोरा छोरी पाउन हुरुक्क गर्ने हामी वुहारि भित्राएपछि उनिहरुवाट गलत्तिएर आश्रमको बास कसरी हुन्छ भन्ने कुरा यो कथामा देखाइएको छ । अहिले वढ्दो बैदेशिक रोजगारीका कारण नेपालमा वृद्ध वावु आमा स्याहार गर्ने सन्तान नहुदाको पिडा पनि यो कथाले दर्शाएको छ ।

४. छापामारको प्रेम : माओवादी युद्धमा समावेश गरिएकी एउटा महिला पात्रको कथा हो । यो कथा अन्त्यबाट आरम्भ भई अगाडि बढेको देखिन्छ । यस कथामा ग्रामीण सभ्यताबाट सहर पसेकी १७ वर्षीया केटीलाई माओवादी द्वन्द्वले कसरी तान्यो र उ आफ्नो प्रेमी द्धन्दमा मारिएपछि कसरी माओवादी छापामार छाडेर भागी भन्ने कुरा देखाउन खोजिएको छ । छापामार युद्धले नेपालीलाइ पिडा मात्रै दिएको कुरा कथामा देखाइएको छ ।

५. परिबन्द : यो कथालाई वन्यजन्तु, जलचर संरक्षण पर्यावरणमैत्रीजन्य कथाका रुपमा पनि लिन सकिन्छ । निकुञ्ज वरपरका वस्तिका वासिन्दाहरुले भोग्नुपरेको पिडा, सेनाको गिद्दे दृष्टि, झुटा आरोपमा पक्राउ पर्दा सम्म पनि स्थानिय भने संरक्षणमै सामेल भैरहेका छन् भन्ने कुरा यो कथामा देखाइएको छ । यो कथालाइ आन्चलिकता कथाका रुप्मा पनि लिन सकिन्छ । यो मार्मिक र सुन्दर प्रस्तुती छ ।

६. अस्मिता ः आफ्नो अस्मिता वचाउन नसकेकी अस्मिताकै कथा हो अस्मिता । यो कथा पनि अस्मिता पात्रकै नाममा राखिएको छ । नारी जागरण, इज्जत र प्रतिभालाई यो कथाले स्पष्ट देखाउन खोजेको छ । महिलाले गर्ने विश्वास माथि पुरुषहरुले कसरी दुरुपयोग गरि रहेका छन भन्ने कुरा यो कथामा देखाइएको छ । कुनै पनि महिला वेश्यावृत्तिमा लाग्नुका पछाडि हाम्रो समाजमा महिला प्रति हेर्ने दृष्टिकोण र गरिवी प्रमुख कारण हो भन्ने कुरा यो कथामा देखाइएको छ ।

७. नियति : नियती कथा सडक वालवालिकाको अवस्था दर्शाउने कथा हो । सौतेलो वावु आमाको ब्यवहारवाट तिरस्कृत भई नेपाली समाजका सडकमा पुग्न वाध्य वालवालिकालाई सडक पनि सहज छैन र उनिहरु कसरी अपराध कार्यमा संलग्न हुन वाध्इ छन् भन्ने कुरा यो कथाले देखाएको छ । सप्न मनोविज्ञान शैलीमा लेखिएको यो कथा निक्कै कारुणिक छ ।

८. उकुच : मान्छे भित्र हुने उकुश मुकुशलाई यो कथाले देखाउन खोजेको छ । अझै वर्षौ देखि वैदेशिक रोजगारीमा भएका श्रीमान्को सम्झनामा एक्लै रात विताउने महिलाहरुको पिडा र ब्यथा वोकेको कथा पनि हो उकुच ।

विदेश लोग्नेहुने महिलाहरुले श्रीमान्कै सम्झनामा एक्लै विताउनुपर्ने रातका सम्वन्धमा यसकथाले सुष्म रुपमा उठाएको छ । पतिव्रता श्रीमतीको यौन मनोविज्ञानमा आधारित यो कथा हरेक विदेश बस्ने पुरुषले पढ्नै पर्ने कथा हो ।

९. दशैँ : गरिवी र वैदेशिक रोजगारीको कथा हो । धन कमाउन विदेश गएको लोग्ने उतै जेल परेपछि यता महिलामा हुने आर्थिक वोझ र दशै जस्तो चाँडमा पनि छोराछोरीको आवश्यकता पुरा गर्न नसक्नु पिडा यस कथामा देखाउन खोजिएको छ ।

१०. दोषी को ? : दोशी को ? कथा सशक्त रुपमा यौन मनोविज्ञान बोलेको कथा हो । यौनवाट भोकाएका मान्छेले यौन प्यास मेटाउन कति सम्म गर्छ र त्यो पछि मानसिक रोगी हुन्छ भन्ने कुरा यो कथामा देखाइएको छ । विवह पछि सुहागरातको आनन्दमा रमाउने कल्पना गरेकी युवती आफ्नो श्रीमान्वाट त्यो चाहना पुरा नभएपछि दोश्रो तेश्रो पुरुषको सम्पर्कमा हुन्छ । परपुरुषको सम्पर्कमा जन्मिएको छोरीलाइ आफ्नै श्रीमान्को हो भनि भन्न बाध्य गराएको यो कथामा महिला पात्र शसक्त देखाइएको छ । परिवारको दवावमा तेश्रो लिङ्गी अर्थात नपुंसक सग युवतिको विवाह हुदा उसको यौन चाहनाको कुरा यो कथामा देखाइएको छ । आफ्नो श्रीमानवाट नपाएको यौन सन्तुष्टि फरक फरक पुरुष साथीवाट लिदा उ मनोरोगी भएको यो कथामा देखाइएको छ ।

निश्कर्ष :

नारी प्रेम, करुणा र शक्तिसगै उग्रचण्डी पनि हो । कुमाता कथासग्रह भित्र रहेका कथाहरुको भाषा सरलता, नारी संवेदनशिलताका पक्षमा जोडका साथ उठेको पाइन्छ । कथाका कुनै पनि वाद र सिद्धान्त भन्दा वाहिर बसेर तयार पारिएको कुमाता आफ्नै मौलिक र मान्यता बोकेको कथासंग्रह हो । फरक फरक स्वादमा पस्किएका दस कथाले नेपाली समाजलाई जीवन्तरुपमा उतार्ने प्रयास गरिएको पाइन्छ ।

प्रतिक्रिया