मोरङमा ४६ सहित प्रदेशका ५७ जना सङक्रमण देखा पर्यो

इनेप्लिज २०७७ साउन १९ गते १५:०० मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, १९ साउन।

प्रदेश नं. १ मा आज ५७ जनामा सङकमण देखा परेको छ।प्रदेशमा आज गरिएको ९५१ जनाको पीसीआर परीक्षण मध्ये १८ महिला सहित ५७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले बताउनुभयो।

सङक्रमित देखिएका मध्ये मोरङमा ४६, झापामा छ र सुनसरीमा पाँच जना रहेका छन्।मोरङको विराटनगरका छ महिला सहित २२ ,रङ्गेलीका नौ महिला सहित २२ ,कटहरीका दुई महिला, झापाको अर्जुनधाराका पाँच ,विर्तामोडका एक महिला,सुनसरीको इटहरीका तीन, धरान र इनरुवामा एक÷एक जनाको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता डा मेहताले जानकारी दिनु भयो।

प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक हजार १२८ पुगेको छ । प्रदेशबाट आज आठ जना सङ्क्रमितहरु निको भै घर फर्केका छन् । यसरी घर फर्केनेहरुमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट तीन महिला सहित आठ जना रहेका छन् । प्रदेशमा निको हुने सङक्रमितको सङख्या ८२९ पुगेको छ । प्रदेशमा हाल सम्म ४५ हजार ७७१ जनाको पीसीआर परीक्षण गर्ने कार्य सम्पन्न भएको छ।

प्रतिक्रिया