प्राकृतिक श्रोत समिति र वैज्ञानिक वन

मोहम्मद सदरुल २०७७ साउन १९ गते ९:२९ मा प्रकाशित

मोहम्मद सदरुल,

विराटनगर, १९ साउन(रासस) : वैज्ञानिक वन व्यवस्थापनका कारण वनको हैसियतमा सुुधार आएको अनुभव भएको छ।

यसबाट राजस्वमा वृद्धि भएको, बाहिरी मुुलुुकवाट आउने काठ प्रतिस्थापन भएको, रोजगारीको अवसर सिर्जना भएको , वनमा नया विरुवा वृद्धि भएका कारण वन क्षेत्र हराभरा र स्वस्थकर वनेको, वन पैदावार वढेको साथै वनको संरक्षणमा उपभोक्ता हरु थप संवेदनशिल र जिम्मेवार हुँदै गएको अनुभव सम्बन्धित मानिसहरुबाट व्यक्त भएको छ।

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिबाट मोरङ जिल्लामा वैज्ञानिक वन व्यवस्थापन लागू भएका सामुुदायिक तथा साझेदारी वनहरुको स्थलगत अनुुगमनको क्रममा सो धारणा सहभागी भएकहरुबाट आएको हो।

समितिका सभापति पुुर्णकुुमारी सुुवेदीको नेतृत्वको टोलिले वैज्ञानिक वन कार्यक्रम लागुु भएका ३४ मध्ये तीनवटा सामदायिक तथा साझेदारी वनको अनुुगमन गर्दै त्यसको अवस्था र प्रभावका बारेमा जानकारी लिएको हो।

वैज्ञानिक वनको कार्यान्वयन अवस्था बुझ्न आएको टोलीले यहि साउन १६ देखि तीन दिनसम्म झापा, मोरङ्ग तथा सुुनसरी जिल्लाका वनक्षेत्रको स्थलगत अनुुगमन गरेको छ।

अनुुगमन पछि आज पथरीको हरियाली सामुदायिक वनको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा समितिका सदस्यहरुले वैज्ञानिक वन व्यवस्थापनको अवस्था प्रदेश नम्बर १ मा सन्तोषजनक रहेको बताउनुुभयो।

सभापति सुुवेदीले वैज्ञानिक वनमा रुख कटान र नयाँ बिरुवा पुुर्नस्थापनको अवस्था पूर्वी नेपालमा राम्रो पाएको उल्लेख गर्नुुहँुुदै नेपालको संविधान र नयाँ संरचना अनुुसार वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ लाई समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकतामा जोड दिनुुभयो।

समितिका सदस्य घनश्याम खतिवडाले वैज्ञानिक वन व्यवस्थापनलाइ प्रभावकारी वनाउन स्थानीय स्तरमा सुुझाव सङ्कलन गरिरहेको बताउनुुभयो ।
यसैैैगरी, समिति सदस्य शान्ता चौधरीले वैज्ञानिक वन व्यवस्थापन लागू भएका वनक्षेत्रमा कार्यबिधी बमोजिम उपयुक्त सङ्ख्यामा माउ रूख कायम राखिनुपर्ने र थप पुुनरोत्पादन संरक्षणको आवश्यकता रहेको कुरामा जोड दिनुभयो ।उहाँले वैज्ञानिक वन व्यवस्थापन लागू भएको हरियाली सामुुदायिक वनले राम्रो काम गरेकोमा प्रसंशा गर्नुुुभएको थियो।

समिती सदस्य राजबहादुुर वुढाक्षेत्री तथा शान्तिमाया पाख्रिनले सहभागीबाट आएको सुुझावहरु महत्वपूर्ण रहेको भन्दै ती सुुझाव लाई प्रतिवेदनमा कार्यान्वयन हुुने उल्लेख गर्नुुभयो।

कार्यक्रममा डिभिजन वन कार्यालय मोरङका प्रमुुख विशाल घिमिरेले जिल्लाको वैज्ञानिक वनको अवस्था र वस्तुुस्थितिका विषयमा प्रस्तुुतीकरण दिनुु भएको थियो ।

जनसेवा सामुुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दिलाराम राई, वेलवारी चिसाङ साझेदारी वनका संयोजक दिनेश गिरी, हरियाली सामुुदायिक वन उपभोक्ता समितिका लेखा सदस्य केशव दाहाल, शान्ति सामुुदायिक वनकी सचिव मेनुुका राई तथा रमिते सामुदायिक वनका प्रतिनिधि राजु परियारले सरकार, संसद तथा बजेट भाषणमै आर्थिक समृद्धिको आधार वन भन्ने कुुरा पटक पटक सम्बोधन हुुने गरेकाले वैज्ञानिक वन व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने तर्फ ध्यान जानुुपर्नेमा जोड दिनुुभयो।

सामुुदायिक वन उपभोक्ता महासंघ प्रदेश नम्बर १ का संयोजक तुुलसी सङ्ग्रौला, महासंघका जिल्ला अध्यक्ष रामकृष्ण राई लगायतले भएका रुख काटेर कुुनैपनि वन व्यवस्थित र बैज्ञानिक नहुुने धारणा ब्यक्त गर्नुभयो।

कार्यक्रममा प्रदेश सभा प्रदेश नम्बर १ उधोग, पर्यटन वन तथा वातावरण समितिका सभापति सीता थेवेले प्रदेश वन ऐन २०७६ जारी भैसकेको र प्रदेश सरकारले समेत वन उपभोक्ता समस्याहरु सम्बोधन हुने गरी यस प्रदेशमा वनका कार्यक्रमहरु लागू गर्ने कुरा बताउनुभयो।

पथरी शनिश्चरे नगरपालिकाका प्रमुुख दिलिप राई तथा लेटाङ नगरपालिकाका प्रमुुख शङ्कर राईले स्थानीय तहका समन्वयमा वनको पैदावार तथा उत्पादन बढाएर सर्वसाधारको जीवनस्तर उकास्नमा सहयोग पु¥याउनुपर्ने बताउनुभयो ।सुदूर पश्चिमका केही जिल्लामा वैज्ञानिक वन व्यवस्थापनका नाममा अनियमितता भएको बिषयमा गुुनासो आएको भन्दै नेपाल सरकारले गत जेठ–१५ गतेदेखि मुुलुुकभरका वनक्षेत्रवाट उत्पादित काठ विक्री बितरणमा रोक लगाउँदै त्यस बिषयमा सत्यतथ्य बुझ्न संसदीय समितिहरु गठन भएको छ।

जस अनुुसार उक्त समितिले मोरङ, झापा तथा सुुनसरी जिल्लाका वनको स्थलगत अनुुगमन गरी सर्व साधारणको राय सुुझाव लिएको हो। स्थानिय स्तरवाट आएको सुुझाव अनुुसार यस विषयमा सरकारले धारणा वनाउने समितिका सदस्य घनश्याम खतिवडाले बताउनुुभयो।मोरङ जिल्लामा ३४ वटा सामुुदायिक वन तथा चारवटा साझेदारी वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम २०७१ सालदेखि लागू भएका छन।

देशभरमा ७७ जिल्ला मध्ये ५५ जिल्लाका ७५० वटा सामुुदायिक वन, १५ वटा साझेदारी वन तथा छ वटा चक्ला वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएको समेत डिभिजन प्रमुुख विशाल घिमिरेको भनाई छ।

वैज्ञानिक वनले कुनै एक क्षेत्रलाई आठ भागमा विभाजन गरी कुनै एक भागलाई पुनः १० भागमा विभाजन गरेर माउ रुखलाई राखेर पुरानो, ढल्न लागेको, नष्ट हुने अवस्थाका र नयाँ बिरुवालाई हुर्कन रोक्ने रुखलाई कटान गरी नयाँ बिरुवा हुर्कने कार्य वैज्ञानिक वन हो।

वैज्ञानिक वनको माध्यमबाट केही वर्षमै उजाड वन पनि हरियाली देखिने, जङ्गल हराभरा देखिने र आउने पुस्तालाई आवश्यकता अनुसारको काठ उत्पादन हुने विश्वासलाई वैज्ञानिक वन लागू भएको क्षेत्रमा सावित हुने अवस्था सिर्जना भएको छ।

स्थानीय तहका प्रमुुखले वैज्ञानिक वन मोरङमा प्रभावकारी भएको समेत बताउनु भएको थियो।सो अन्तरक्रिया कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामुदायिक र साझेदारी वनका उपभोक्ताहरु, राजनितिक दलका प्रतिनिधिहरु, पत्रकार, वन कार्यालयका कर्मचारी र स्थानीय सर्वसाधारण गरी करिव १२० जनाको सहभागिता रहेको थियो।

प्रतिक्रिया