तीन किलो गाँजा सहित दुई युवा पक्राउ

मनोज दाहाल २०७७ साउन १८ गते १३:०५ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,१८ साउन।मोरङको कटहरी गाउँपालिकामा दुई युवालाई तीन केजी गाँजा सहित प्रहरीले आज पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरी गाउँपालिका –१ सिङगिया खोला नजिक वडा प्रहरी कार्यालय (ख) हाटखोलाबाट खटिएको प्रहरीको टोलीले चोक जाँचको क्रममा को २५ प ८०७४ नं को मोटरसाइकलमा सवार सुनसरी धरान १५ वस्ने ३४ बर्षिय आशिष राई र पडाडि सवार धरान–१६ का २२ वर्षिय संजिव राईले वोकेको झोलामा उक्त गाँजा वरामद गरेको हो।

प्रहरीले मानिस, गाँजा र मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरु गरेको मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मानवहादुर राईले बताउनु भयो ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया