भ्रामक समाचार प्रति अञ्जु पन्त फाउन्डेसनको ध्यानकषर्ण

इनेप्लिज २०७७ साउन १७ गते १३:३७ मा प्रकाशित

काठमाडौं– विगत केही दिनयता, अन्जु पन्त फाउण्डेसनका बारेमा सामाजिक सञ्जाल तथा केही अनलाइन पत्रिकाहरूमा फाउण्डेसनको नाम जोडी केही भ्रामक र चरित्र हत्या गर्ने किसिमका सामग्री प्रकाशन भएको भन्दै यसप्रति संस्थाले गम्भिर ध्यानाकर्षण भएको जनाउँदै सम्पूर्ण सहयोगी तथा शुभचिन्तकहरूमा भ्रम पर्न गएको महसुस भएकाले संस्थाका कार्यक्रम र योजनाको विषयमा जानकारी गराएको छ ।

संस्थाले विशुद्ध भावनाले सामाजिक काम गरिरहेको र हाल विश्व महामारी ‘कोभिड–१९’को असरका कारण उद्देश्य अनुरुप काम गर्न नसकिएको जानकारी गराउँदै त्यसप्रति कुनै शंका– उपशंका नगर्न पनि विज्ञप्तीमा आग्रह गरीएको छ ।

पर्सा जिल्लाको पटेर्वाका पैँतिस घर निर्माणको परियोजना अन्तर्गत निरन्तर सहयोग जुटाउने र कार्य अघि बढाउँदै आएको र यस परियोजनाका लागि हालसम्मका लागि प्राप्त भएको रकम र दाताहरूको नाम रेकर्ड सुरक्षित राखिएको तथा प्राप्त भएको रकम संस्थाको बैंक खातामा रहेको समेत जानकारी गराउँदै फाउण्डेसनले आगामी दिनमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गर्दै सम्पूर्ण दाताहरूलाई विश्वस्त रहन आह्वान गरेको छ ।

यस्ताे छ विज्ञप्ति :

मिति: ३१ जुलाइ २०२०
प्रेस विज्ञप्ती

अन्जु पन्त फाउण्डेसन नेपाल र अमेरिकामा विधिवत् रूपमा दर्ता भई निरन्तर समाज सेवामा लागिरहेको सामाजिक संस्था भएको कुरा सर्वविदितै छ । यो कुनै धार्मिक संस्था नभएर एक विशुद्ध समाजिक संस्था हो ।

केही दिन यता सामाजिक सञ्जाल तथा केही अनलाइन पत्रिकाहरूमा फाउण्डेसनको नाम जोडी केही भ्रामक र चरित्र हत्या गर्ने किसिमका सामग्री प्रकाशन भएको प्रति यस संस्थाको गम्भिर ध्यानाकर्षण भएको छ । यसबाट हाम्रा सम्पूर्ण सहयोगी तथा शुभचिन्तकहरूमा भ्रम पर्न गएको महसुस भएकाले संस्थाका कार्यक्रम र योजनाको विषयमा जानकारी गराउनु उचित ठानेका छौँ ।

यस संस्थाले पर्सा जिल्लाको पटेर्वाका पैँतिस घर निर्माणको परियोजना अन्तर्गत निरन्तर सहयोग जुटाउने र कार्य अघि बढाउँदै आएको र यस परियोजनाका लागि हालसम्मका लागि प्राप्त भएको रकम र दाताहरूको नाम रेकर्ड सुरक्षित राखिएको र प्राप्त भएको रकम संस्थाको बैंक खातामा रहेको समेत जानकारी गराउन चाहन्छौँ ।

उक्त परियोजनाका आवश्यक पर्ने रकम जम्मा भइ नसकेको भएता पनि यस संस्थाको तर्फबाट कानुनी प्रक्रियाहरू अघि बढाइसकेको, इन्जिनियरबाट नक्सा समेत तयार गरिसकिएको र बस्ती निर्माणको कार्य शुरु गर्ने तयारी गर्दा गर्दै कोरोनाको कहरले विश्व नै प्रभावित भई करिब तीन महिनाभन्दा बढी नेपालमा लकडाउनको कारणले बाहिरसमेत निस्कन नसक्ने अवस्था भयो ।

त्यस बेलामा पनि दुखमा परेकाहरूको अवस्था टुलुटुलु हेरेर बस्न सकिएन । आवश्यक ठाउँमा खाना खुवाउने र राहत वितरण गर्ने कार्यमा फाउण्डेसन लागेको थियो । जसको लागि बस्तिका लागि संकलन गरिएको रकमबाट खर्च गरिएन ।

हाल लकडाउन खुले पनि कामहरू अघि बढाउने अवस्था अझै भइसकेको छैन । यसकारण हामीले चाहेर पनि स्थिती सामान्य नहुन्जेल सम्मका लागि यो परियोजनाका कामहरू रोकिएका छन् । यस संस्थाले निरन्तर आफ्नो तर्फबाट गर्न सक्ने प्रयासहरू गरिरहेको र यो परियोजना भविश्यमा पूरा गरेरै छोड्ने प्रतिबद्धता जाहेर गर्दै कुनै पनि कपोकल्पित तथा भ्रामक कुराहरूको सामाजिक सञ्जाल वा कुनै सञ्चार माध्ययममा प्रचार प्रसार नगरिदिनहुन अनुरोध समेत गर्दछौँ ।

कृपया संस्थाको आधिकारिक वेबसाइट (www.anjupanta.org) बाट जानकारी लिनुहोला । अन्य थप जिज्ञासा भएमा त्यहाँ रहेको नम्बर वा इमेलमा सम्पर्क गर्न सक्नुहुन्छ । आगामी दिनमा पनि यहाँहरूको निरन्तर साथ र सहयोगको अपेक्षा गर्दै सम्पूर्ण दाताहरूमा विश्वस्त रहन आह्वान समेत गर्दछौँ ।

सुरेश वाग्ले , (प्रेसिडेन्ट) , अन्जु पन्त फाउन्डेसन, अमेरिका

अन्जु पन्त, (अध्यक्ष ), अन्जु पन्त फाउन्डेसन, नेपाल

प्रतिक्रिया