पुष्कर गुटको धनगढीमा भेला ‘कारबाही फिर्ता नगरे कडा संर्घष गरिने ’

वीरेन्द्र रावल २०७७ साउन १२ गते २२:१२ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी, साउन १२ ÷ नेपाली काँग्रेसको महाधिबेशनको चर्चा चलिरहँदा कैलाली जिल्लामा शेर बहादुर देउवा पत्नी डा. आरजु राण देउवालाई स्थापित गराउनका लागि बलिया नेताहरुमाथी कारवाही थालनी गरिएको आरोप लागेको छ।

खासगरी शेर शहादुर देउवाकी धर्मपत्नी डा. आरजु राण देउवालाई कैलाली जिल्ला क्षेत्र नम्बर ५ मा स्थापित गराउनकै लागि भएपनि नेपाली कांग्रेसले पूर्व राज्यमन्त्री पुष्करनाथ ओझालाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरिएको आरोप पुष्करनाथ पक्षको आरोप रहेको छ।

नेपाली काँग्रेस पार्टीको देउवा पक्षले पुष्कर नाथ ओझा लगायतका नेताहरु माथी निर्वाचन ताका अन्तरघात गरेको भन्ने आरोपका आधारमा कारवाही गरेपछि ओझा पक्ष निकै आक्रोशित बन्न पुगेको छ । कारवाहीको बिषयलाई लिएर ओझा पक्षका नेता कार्यकर्ताको सोमबार धनगढीमा भेला भएको छ । पछिल्लो आन्तरिक घटनाक्रमको समीक्षा र आगामी महाधिवेशनको बारेमा छलफल गर्न सोमबार धनगढीस्थित विद्या होटलमा भेला बसेको थियो।

नेपाली कांग्रेस कैलालीका नेता आनन्द जोशीले सोमबारको भेलाले पूर्व राज्यमन्त्री पुष्करनाथ ओझालाई पार्टीले गरेको कारबाही फिर्ता गर्न निर्णय गरेको बताए । उनले ओझालाई कारबाही फिर्ता गर्न सभापती शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउने निर्णय भएको उनले बताए।

नेपाली कांग्रेस कैलालीका जिल्ला सचिव पुर्ण कुवँरले पूर्व राज्यमन्त्री ओझालाई गरेको कारबाहीले कैलाली कांग्रेसको राजनीतीमा ठुलो असर गर्ने बताए । उनले भने नेपाली कांग्रेसमा रहेका इमान्दार निष्ठावान नेता कार्यकर्ता माथि न्याय नहुने बताए ।उनले यस्तो अबस्थामा नेता कार्यकर्ताहरुको मनोबल गिराउने गरी गरिएको कारवाही कदापी मान्ने नहुने बताएका छन्।

ओझा निकटका नेताहरुले पुष्करनाथ ओझालाई आगामी महाधिवेशनबाट रोकेर देउवा पत्नी आरजु राणालाई अगाडी सार्ने नियतले पार्टीले कारबाहीको निर्णय गरेको आरोप लगाउँदै आएका छन।

नेपाली कांग्रेसको अनुशासन समितिले ओझालाई पार्टीबाट निष्कासन गरेको हो । पूर्वमन्त्री एवम कैलालीका महासमिति सदस्य ओझालाई ५ वर्षका लागि पार्टीबाट निष्कासन गरिएको छ । उनीमाथि कैलालीमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोप लाग्दै पनि आएको छ।

यस्तै नेपाली कांग्रेसको अनुशासन समितिले गोविन्दराज जोशी, र रामबहादुर विष्टलाइ पनि पार्टीबाट निष्काशन गरेको छ । डडेलधुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि निष्काशन गरिएको पनि सो पार्टीले जनाएको छ ।

महाधिवेशन नजिकीदै जाँदा देउवा पक्षधरहरुले रामचन्द्र पौडेल पक्षधर नेता तथा कार्यकर्ताहरु माथी त्यो पनि महाधिवेशनको पूर्व सन्ध्यामा कारवाही गर्ने कार्य निकै आपत्ती,असान्दर्भिक र बेमौशी भएको र नितान्त डा. आरजुलाई स्थापित गराउने खेल भैरहेको बताएका छन् । यसरी बलिया कार्यकर्ताहरु माथी नेपाली काँग्रेसले कारवाही गर्दै जान थालेपछि सो पार्टीको कैलाली क्षेत्र नम्बर ५ मा अवस्था अँझै कमजोर बन्ने आँकलन राजनीतिक वृत्तमा गरिन थालेको छ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया