बेसहाराको सेवामा तल्लीन कैलाली उवासंघका अध्यक्ष : पुष्पराज

वीरेन्द्र रावल २०७७ साउन १० गते ११:३८ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी, साउन १० । तामझामका साथ बडो खर्चिलोगरी मनाईने जन्मदिनहरुलाई अव बेफाल्तुमा खर्च गर्ने नभई मानव सेवाका कार्यमा उपयोग गर्दा केहि समयमा लागि भएपनि विपन्न र बेसहारका लागि बरदान सावित हुने देखेरनै आजभोली तडक भडकहरुमा विस्तारै कमि आउन थालेको छ।यसै शिलशिलामा ठूला ठूला होटलहरुमा बियर ,भोड्का र मासुका परिकारहरु खुवाएर अनि खाएर डकार्दे मनाईने जन्मदिनहरुलाई मानव सेवामा लगानी गर्नु पर्ने सोचका साथ कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष ,युवा व्यवसायी एवं समाजसेवी पुष्पराज कुँवरले असार १० गते शनिावरका दिन फरक ढंगले जन्मदिन मनाउनु भएको छ।

अध्यक्ष कुँवरले प्रचण्ड गर्मीमा पंखा नभएर कितावको गथ्थाले हावा फिटेर बस्दै आएका धनगढी ५मा रहेका दुईवटा अनाथालयमा पंखा,फलफुल र मिठाई वितरण गरेर जन्मदिन मनाउनु भएको छ।

आमाको माया छात्राबासमा रहेका ३४ जना बालबालिकालाई फलफुल,मिठाई र ६ थान पंखाका प्रदान गर्नु भएको छ । सहयोग हस्तान्त्रण कार्यक्रममा बोल्दै आमाको माया छात्रबासका अध्यक्ष योगेन्द्र चन्दले विपन्न असहाय बालबालिकाका लागि कैलाली उद्योग बाािण्ज्य संघका अध्यक्ष पुष्पराज कुँवरले गरेको सहयोग र मानवता रुपी व्यवहारले बालबालिकालाई निकै ठूलो राहत पुगेको बताउनु भएको छ।

यस्तै सोही अवसरमा धनगढी ५ तारानगरमै रहेको मानव सेवा आश्रममा रहेका ४० जना आश्रृत महिला तथा पुरुषहरुलाई समेत अध्यक्ष पुष्पराज कुँवरले फलफुल,मिठाई र ४ वटा पंखा समेत प्रदान गर्नु भएको छ।

जन्म दिनको अवसरमा विगतका बर्षहरुमा बढी तडक भडक रुपले मनाउने गरिएको भएतापनि पछिल्लो समयमा तीं कार्यहरुमा विस्तारै कमि आउन थालेको र बेफाल्तुमा खर्च गरेर सम्पतीको नास गर्नु भन्दाविपन्न,बेसहारा,असहाय मानिसहरुको हितमा सानै भएपनि सहयोग गर्न सकेको खण्डमा विपन्न र बेसहाराका लागि बरदान सावित हुने बताउनु हुन्छ कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर।

जन्मदिनकै अवसर पारेर कैलालीको धनगढीमा रहेर पत्रकारीता गरिरहेका ४० जना जति पत्रकारलाई मिठाई, खाना ,मास्क,सिनेटाईजर र डिटोल लगायतका सामाग्रीहरु समेत प्रदान गर्नु भएको छ । पत्रकारहरुले अग्रभागमा रहेर जनताको सूचनाको हकलाई सामान्इ भएपनि सहयोग गर्न पाएकोमा अध्यक्ष कुँवरले खुशी व्यक्त गर्नु भएको छ।

मानबसेवा आश्रमका अध्यक्ष आर्दश ढकालले विभिन्न् सहयोगी मनहरुका कारण पछिल्लो समयमा आश्रममा आश्रृत बुआ ,आमा तथा बालबालिकाका लागि केहि हदसम्म भएपनि सहयोग मिलेको बताउनु भएको छ।

कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष युवा समाज सेवी एवं सफल व्यवसायी पुष्पराज कुँवरले लक डाउनको अवधीभर कैलाली जिल्लाका विभिन्न स्थानीय तहमा व्यक्तिगत रुपले लाखौंको मास्क,सिनेटाईजर देखि लिएर खाद्यान्नहरु समेत प्रदान गरेर असल समाजसेवीको भुमिका निर्वाह गरिसक्नु भएको छ।

उहाँले १५० जना जत िभारतीइ नागरिकलार्य आफ्रनै होटल फलोरामा आवास र खाना खवाउने देखि लिएर सीमामा अलपत्र परेका हजारौं नेपालीहरुलाई खानापानी र खाद्यान्न समेत सहयोग गरिसक्नु भएको छ ।समाजसेवी युवा व्यवसायी एवं कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको सहयोगी भावनाबाट प्रेणा लिनुपर्ने आमाको माया छात्राबासका अध्यक्ष योगेन्द्र चन्दले बताउनु भयो।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया