मोरङ प्रहरीले रु ८१ लाख मूल्य बरावर अवैध सामान पक्राउ

मनोज दाहाल २०७७ साउन ९ गते २१:३४ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,९ साउन।जिल्ला प्रहरी कार्यालय मोरङले विगत एक महिनाको अवधिमा रु ८१ लाख बरावरको अवैध सामान र सवारी साधन पक्राउ गरेको छ।

कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोष खड्काले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मोरङ जिल्लाका विभिन्न प्रहरी कार्यालयहरुले एक महिनाको अवधिमा भारततर्फ चोरी निकासीका लागि विभिन्न सामाग्री, सवारी साधन तथा अवैध घरेलु मदिरा पक्राउ गरी विराटनगर भन्सार कार्यालय रानी र आन्तरिक राजश्व कार्यालयमा वुझाएका जानकारी दिनु भयो।

सो अवधिमा मरिच, लत्ताकपडा, भारतीय रकम, खैनी, मटर, चना, सुपाडी, टिभि, यूरिया मल, घरेलु मदिरा गरी रु २९ लाख ८० हजार ८६० मूल्य बरावरको सामान अवैधरुपमा भारततर्फ पैठारी एवं निकासीको क्रममा पक्राउ गरिएको थियो।

यस्तै अवैध रुपमा चोरी निकासी एवं पैठारीमा प्रयोग गरिएको रु ५१ लाख ३१ हजार ४८० मूल्य बरावरको ३० बटा विभिन्न सवारी साधान पक्राउ गरिएको छ।

सोही क्रममा ३६ जना व्यक्तिलाई प्रकाउ गरिएको प्रमुख खड्काले बताउनु भयो
यस्तै प्रहरीले विगत एक महिनाको अवधिमा चोरी एवं हराएका २८ थान मोवाइल फेला पारी सम्वन्धित धनीलाई वुझाएको छ।

कार्यालयले हराएका एवं चोरी भएका मोवाइल पत्ता लगाउन पाँच जनाको एक टीम परिचालन गरेको कार्यालयले जनाएको छ।

चोरी भएको मोवाइल सीमावर्ती भारतीय बजारमा दुव्र्यसनीले विक्री न्यून मूल्यमा विक्री गर्ने र नेपाली ग्राहकले खरीद गरी सीम हाली प्रयोग गर्दा फेला पार्ने गरेको प्रहरीले जनाएको छ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया