दिदी वहिनी हुन्न त ?

सुभद्रा पराजुली २०७७ साउन ९ गते २:०३ मा प्रकाशित

यसपालीको चाडबाड घरैबसी मनाउने
कोरोनाको बिगबिगी छ मुटु कमाउने
जीवन रहे चाडपर्व फेरि पनि आउनेछन्
जीवन गए अर्को फेरि कहाँ पाउनेछम्

हेलचेक्र्याइ नगरौं है उसकै छ रजाईं
दशा कहिल्यै आउँदैन बाजा बजाई
मेरो बिन्ती दिदी वहिनी संसार छ शोकमा
नपोष्ट्याउँ मीठो खाना दु:ख भोकमा

राम्रा नाना लगाउँला मीठो पनि खाउँला
अम्रिकामै बस्ने हो नि फोटो राखौंला
बाढी पैह्रो आएर बेहाल छ देशमा
यो बेला हुन्न गर्ने हामीले फेसन

धर्ति काम्यो लगलगी ग्रह लागे डोलाउन
पर्दैन आमा मलाई तीजमा बोलाउन
यति कुरा मनमा राखौं यो दु:खको बेलामा
हामी फेरि रमाउला नि अर्को सालमा

 

प्रतिक्रिया