प्रदेश मन्त्रिपरिषद वैठक – प्रदेश सभा भोलिदेखि अन्त्य

इनेप्लिज २०७७ साउन ८ गते २१:२७ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,८ साउन ।प्रदेश नं.. १ को प्रदेशसभाको जारी बजेट अधिवेशन भोली साउन ९ गते शुक्रबार राति १२ बाट अन्त्य हुने भएको छ।

प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जारी छैठौं तथा बजेट अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङ्वो जानकारी दिनु भयो।

बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रस्ताव स्विकृत गर्दै यातायात व्यवस्था कार्यालय ओखलढुङं्गामा स्थापना गर्ने निर्णय गर्नुका साथै महालेखा परीक्षकको प्रतिवेदन –२०७७ लाई प्रदेशसभामा पेश गर्न स्वीकृति दिएको मन्त्री आङ्बोले जानकारी दिनुभयो।

यस्तै अन्य निर्णयहरुमा सामाजिक विकास मन्त्रालयको प्रस्ताव अनुसार मस्जिद व्यवस्थापन तथा सञ्चालन कार्यविधि–२०७७ स्वीकृत गर्नुका साथै सामाजिक संस्था ऐन –२०७५ संशोधनका लागि स्वीकृति प्रदान गर्ने निर्णय भएको छ।

पर्यटन विकास सम्वन्धी नियमावली –२०७७ र प्रदेश वातावरण सम्वन्धी नियमावली–२०७७ समेत बैठकले स्वीकृत गर्ने निर्णय गरेको मन्त्री आङवोले जानकारी दिनु भयो । बैठकले पर्यटन र वनसँग सम्वन्धित कार्यक्रमहरु सञ्चालनका लागि आवश्यक कार्यविधि स्वीकृत गर्ने निर्णय गर्नुका साथै प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा भएका कामको बाँकी भुक्तानी दिने र स्रोत मिलान गर्ने निर्णय भएको मन्त्री आङवोले बताउनु भयो।

वैठकले प्रदेश सरकारले चालु आर्थिक वर्षका कार्यक्रमहरु कार्यान्वयन प्रकृया सुरु गर्ने निर्णय गर्नुका साथै घरेलू विकास समितिमा कार्यरत सबै करार सेवाका कर्मचारीहरुको समयावधी एक वर्ष थप गर्ने निर्णय गरेको छ।

उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्ताव अनुसार संङ्घीय सरकारले घरेलु विकास समिति हस्तान्तरण गर्दा आएका सबै अस्थायी करार सेवाका कर्मचारीहरुको म्याद एक वर्ष थप गर्ने निर्णय भएको मन्त्री आङबोले जानकारी दिनु भयो।

प्रतिक्रिया