अनेसासको सद्स्य पदमा प्रमोद सारंगको उम्मेदवारी

इनेप्लिज २०७७ असार ३० गते २१:२० मा प्रकाशित

सौल ,कोरिया- असार २९,

अन्तर्राष्ट्रिय साहित्य समाज ( अनेसास)को अधिवेशनमा कवि तथा गीतकार प्रमोद सारंगले उम्मेदवारी दिएका छन। विगत दुई दशकदेखि नेपाली भाषा साहित्य र सङ्गीतको उन्नयनमा उल्लेखनीय योगदान दिएका उम्मेदवार सारंगले विभिन्न संघ सस्थामा रहेर काम गरिसकेका छन ।

उर्जाशील कर्मठ र ईमान्दार उम्मेदवार सारंगले विभिन्न पुस्तक प्रकाशन ,सम्पादन लगायत अनुवाद साहित्यमा पनि योगदान दिएका छन्। कोरिया च्याप्टरको संस्थापक संयोजक पनि रहेका सार’गले सद्स्य पदमा उम्मेदवारी दिनुको प्रमुख एजेन्डाहरूमा विभिन्न साहित्य सम्मेलनहरूको परिकल्पना गर्दै नेपाली भाषा साहित्य र कलाको उन्नयनमा अनेक कोणबाट तनमन, वचनले काम गरि रहेका छन् ।

अनेसास कोरियाको संस्थापक संयोजक समेत रहेका सारंगले भाषा साहित्यको विश्व व्यापीकरण गर्न स्रष्टाहरूलाई समन्वय गर्दै साझा र व्यवस्थित अनेसासका लागि पहलका लागि उम्मेदवारी दिएको जानकारी दिए।

कोरिया च्याप्टर साहित्यको उन्नयनमा अनवरत सक्रिय रही आएको च्याप्टर हो । विश्वभर २ हजार २ सय आजीवन सदस्यता रहेको अनेसासको निर्वाचनमा जुलाई १७ देखि १९ सम्म मतदान गरिनेछ।

‘विस्फोट’, ‘अन्तर्दृष्टि’ ‘कोरियामा अनेक डायस्पोरा’ जस्ता कृतिहरूको सम्पादन गरेका सारंगले कोरियन र नेपाली कविताहरू पनि अनुवाद गरेका छन। त्यसैगरी केही पुस्तक १ एल्बम र दुई दर्जन जति गीत गजलहरूमा सुमधुर संगीत भरेका छन।

कोरिया च्याप्टरमार्फत उनको कार्यकालमा भएका कामहरू:

१. प्रथम एसियाली नेपाली साहित्य सम्मेलनको लागि पहल
२. अनेसासको ईतिहासमा पहिलो पटक विश्वव्यापी कविता प्रतियोगिता
३ .कोरियामा भानुजयन्ती , देवकोटा जयन्ती र मोती जयन्तीको थालनी र काव्य -सुधा त्रैमासिक रचना वाचन कायक्रमको पहल
४. अनेसास मै पहिलो पटक काव्य- सुधा अन्तर्गत फेसबुक लाईभ ( कविता , गजल मुक्तक वाचन )
५. कोरियन र नेपाली कविहरूको कविता कन्सर्टको पहल , स्मारिका अनुवाद
६.’ छन्द सरिता’को परिकल्पना र छन्द कविहरूको सम्मान र रचना वाचन कार्यक्रमको स्थापना
७.अनेसास कोरिया ,नेपाली राजदुतावास र नेपाल सरकारको पहलमा भानु द्विशतबार्षिकी कार्यक्रम
८. नेपालबाट कोरिया आउनुहुने साहित्यकारहरूका लागि सम्मान कार्यक्रम र साहित्य साँझ कार्यक्रम थालनी
९.कोरियामा रहेका स्रष्टाहरूको पुस्तक प्रकाशन
१० .कोरियाको डायस्पोरिक साहित्यको पुस्तक प्रकाशन
११. हिउँद कविता बहस र वाचनको सह आयोजना

प्रतिक्रिया