“कोविद-१९ कोरोना”

Jesis Adhikari, 8075D, Class: Six, Budhanilkantha School २०७७ असार २८ गते १:४३ मा प्रकाशित

डिसम्बर १९ मा यो भाइरस आयो
अहिले त ठुलो भई सारा संसार खायो

भाइरस नयाँ भएकाले मार्न गाह्रो पर्यो
यस्लाई मार्ने भन्दा भन्दै अरुलाई पो मार्यो

यो भाइरसले खाइसक्यो ७५ जिल्ला
कहिले हो यो सकिने अनि शान्ति मिल्ला

जात,भात,ठुलोसानो केहि भन्दैन यसले
धेरै मानिस डराइसके कोरोनाको त्रासले

कोरोनाले गर्दा खेरी अहिले लकडाउन भयो
हाम्रो देशको अर्थतन्त्र ठप्प भइरयो

कोरोनले गर्दा खेरी मानिस टाढा भए
कोही भने कोरोनाले संसार छोडी गए

संसारका बैज्ञानीकले बनाउदै छन् खोप
अनि चाँडै हुने छ यो कोरोनाको लोप

प्रतिक्रिया