प्रशासन बझाङ्गद्वारा केदारस्युमा पहिरो पीडितलाई राहात वितरण

वीरेन्द्र रावल २०७७ असार २४ गते २२:२५ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी,असार २४÷प्राकृतिक विपत्तीमा परि अकाल्मै ज्यान गुमाउन बाध्य भएका बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडानम्बर ८ का मृत्तकका आफन्तलाई बुधबार जिल्ला प्रशासन कार्यालय बझाङ्गले राहत वितरण गरेको छ।

असार १९ गते राती केदारस्यु,मल्लेसिमा अबिरल बर्षाका कारण पहिरो गएको थियो । उक्त पहिरोका कारण २१ घर परीवार घरबार बिहिन बनेका छन् । केदारस्यँका पहिरो पिडितहरुलाई जिल्ला प्रशासनबाट खरीदार बिकास नेपालीको नेतृत्वमा गएको टोलिले घटना स्थलमा पुगि राहत हस्तान्तरण गरेको हो।

पहिरोले पु¥याएको क्षतिका आधारमा राहत बितरण गरीएको जिल्ला प्रशासन कार्यालयले जनाइएको छ । खरीदार नेपालीका अनुसार पहिरोमा परी मृ¥यु भएका र पूर्ण घर क्षति भएको आधारमा राहत हस्तान्तरण गरीएको हो । कार्यालयले घर क्षति भएकालाई १० हजार र मृतकलाई प्रति व्यक्ति रु. १ लाखका दरले मृतकका परिवारलाई राहत हस्तान्तरण गरेको छ।

उक्त घटनामा ७ जनाको पहिरोमा पुरी ज्यान गएको थियो जस मध्य एकै घरका ४ सदस्यले ज्यान गुमाएका थिए । पहिरोमा परी ज्यान गुमाउनेहरुमा राममती जेठारा, उनका छोरा प्रयाग जेठारा, छोरीहरु अस्मिता जेठारा र शान्ति जेठारा,दले जेठारा, गिरीजा जेठारा र सन्तु जेठारा रहेका छन्। मृतक राममति जेठाराका श्रीमान कटे जेठारा हिजो मात्र भारतबाट नेपाल फर्किएका छन र उनलाई जिल्ला स्थित झोतामा एक आफन्तको घरमा होम क्वारीन्टीनमा राखिएको छ । उनलाई भने क्वारीन्टीनबाट मुक्त भएपछि मात्र राहत रकम दिईने जिल्ला प्रशासन कार्यालय बझाङ्गले जनाएको छ।

केहि दिन यता सुदूरपश्चिममा मनशुन शुरु भएपछि तरार्यमा डुवान र पहाडी जिल्लामा बाढी र पहिरोको समस्या एक पछि अर्कोगरी सृजना हुनुका साथ साथै मानिसहरुले अकाल्मै ज्यान गुमाउनु परिरहेको छ।

सरकारले प्राकृतिक विपत्ती र त्यसबाट बच्ने उपायका बारेमा बेलैमा सोच पुगाउनु पर्ने र पूर्व तयारीका बारेमा कार्यक्रमहरुलाई तयारी अवस्थामा राख्न सकेको खण्डमा भैपरि आउने प्राकृति विपत्तीका घटनाहरुमा कमी ल्याउन सकिने धारणा आम बुद्धिजीविहरुको रहेको छ ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया