नेपालको प्रथम राष्ट्रगान यस्तो थियो ! (भिडियो सहित)

इनेप्लिज २०७७ असार ७ गते २२:५८ मा प्रकाशित

 

जनगायक रामेश श्रेष्ठक यहि ८ असारबाट ७७ औं वर्षमा लाग्नुभएको छ ।

आधा शताब्दी भन्दा बढी गीत संगीतको माध्यमबाट देश र जनताको सेवामा समर्पित उहाँको जन्मोत्सवका अवसरमा युग कवि सिद्धिचरण श्रेष्ठले लेख्नु भएको र रामशेले नै संगीत र स्वर भर्नु भएको नेपालको प्रथम राष्ट्रगान ‘हिमगिरी मण्डित’को  भिडीयो नेपाली लाईफ च्यानलले सार्वजनिक गरेको छ ।

यो भिडियोका परिकल्पनाकार तथा सम्पादक डम्वरकृष्ण श्रेष्ठका अनुसार यो पहिलो राष्ट्रगानको संगीत सुरूमा समर बहादुर मल्लले गरेको उल्लेख भएपनि सो नभेटेपछी रामेश आफैले नयाँ संगीत गरेर आफ्नै स्वरमा रेकर्डगरी पुनर्जीवन दिनुभएको थियो ।

भिडीयोमा यो राष्ट्रगान कसरी बन्यो भन्नेबारे रामेशको अनुभव र विचार पनि समेटिएको छ । २००७ सालको राणा शासन विरोधी क्रान्तिका क्रममा खुलेको भूमिगत रेडियो भोजपुर, बिराटनगर हुदै काठमाण्डौ आएर रेडियो नेपालमा परिणत भएको थियो ।

पंचायतकालमा राजाको जयगान भन्दा अघि नेपाली काँग्रेसको सरकारले जारी गरेको पहिलो राष्ट्रगान यहि भएको रामेश बताउनुहुन्छ । यो भीडियो ८ मार्च २०१४ मा हङकङ हिमायतीले हङकङमा गरेको रामेशको एकल सांगीतिक कार्यक्रममा पत्रकार जगत अम्बु गुरूङले खिच्नुभएको थियो ।

८ असार २००१ मा राणा शासनकालमै पाल्पाको तानसेनमा जन्मनु भएका रामेशलाई जन्मदिनको शुभकामना ।

 

प्रतिक्रिया