एक्लो मन र यो असहजता

सुशील नेपाल २०७७ जेठ २४ गते २३:५६ मा प्रकाशित

आज कता कता दुखेको छ,
मन हो कि जस्तो लाग्छ,
तर मेरो यो भौतिक आनन्दको उन्मादले,
दुख्नुलाई झुक्याउंछ,
एउटा छाप्रो,एउटा टहरो,
आंगनमा लम्परिएको कालो कुकुर,
झिसमिस्सेमा तरकारी वेच्न आउने भैयाहरू,
एकाएक हराए होलान
सवै अलप भए होलान,
त्यो कुकुरले मान्छे चिन्थ्यो,
कुईं कुईं गर्दो हो !
आज आयो गयो,
भोली पनि आउंला जाला,
झोक्राएर झ्याल वाट हेर्छु,
यो शुन्यताको असहजता विच
माहामारीले
थर्काएको छ,
त्यस माथि मान्छेको छालाको रंगको कलह,
उता त छंदै थियो जाती पातीको
यता पनि उस्तै,
आफ्ना रहरहरूलाई वल्ल वल्ल पछारेको छु,
यो चिन्तनको जंगलमा,
दुखाईको डढेलो वलेको वलै छ,
दन दन,दन दन,
आज कता कता के के दुखेको छ,।

राजमित्र प्रांगण,
माल्डेन
वोस्टन
अमेरीका

सुशील नेपाल

लेखक /साहित्यकार

प्रतिक्रिया