कृषि क्षेत्र ,समृद्ध नेपाल को मार्ग चित्र

बालाराम उपाध्याय २०७७ जेठ २३ गते १०:३२ मा प्रकाशित

नेपाल कृषि प्रधान देश हो।नेपाल सरकार कृषि तथा सहकारी मन्त्रालय को अनुसार यहाँ का ६५ प्रतिशतसम्म मानिस कृषिमा निर्भर छन्।जबसम्म हाम्रो आफ्नै मौलिक पद्धति मार्फत ग्रामीण क्षेत्रको बिकास हुदैन तबसम्म समग्र नेपालको बिकास सम्भव देखिन्न। किनकी ८०५ मानिसहरुको बसोबास र आर्थिक मेरुदण्ड ग्रामीण क्षेत्रमै रहेको अवस्था छ।

हामी हालसम्म आत्मनिर्भर हुन सकिरहेका छैनौ, निर्बाहमुखी कृषि प्रणाली छ, भने वैदेशिक सहायता र बिप्रेसण ले अर्थतन्त्र धानी रहेको छ।
( जुत्ताको नाप हेरेर खुट्टा काट्ने, गर्यौ भने देश समृद्ध बनाउन सकिदैन ।

राजनीतिज्ञ रामकार्किको भनाइ अनुसार( साच्चिकै नेपाल समृद्ध बनाउने होभने ईलम,परिश्रम ,ईमान्दारिता, लगनशीलता र सृजनसिलता चाहिन्छ।

हामीले राजनीतिक क्रान्ती सम्पन्न गरि सकेका छौ। अब को पालो कृषि क्रान्तिको हो,। संसारका विकसित रास्ट्रहरुको बिकासक्रमलाइ अध्ययन गर्दा सबै किसिमको राजनीतिक बिचारधारा राजतन्त्र ,बहुदलीय प्रजातन्त्र र गणतन्त्र तथा आर्थिक मोडल हरु पनि जस्तै . पुजीवादी ,समाजबादी र साम्यबादी आ( आफ्नो ठाउँमा सफल भएका छन् । यसो हुनाको पछाडि नेतृत्वको महत्त्वपूर्ण भुमिका हुन्छ ।राजनीतिले सबै क्षेत्र को नेतृत्व गर्छ।( उयष्तिष्अक ष्क अयmmबलम ) त्यसैले जुन देशको नेतृत्वमा बिकास प्रतिको मुख्य चाहना , क्षमता र तत्परता हुन्छ त्यहाँको बिकास छिटो हुन्छ।

अर्थशास्त्री ( जगन्नाथ काफ्ले का अनुसार( कुनैपनी देशको समृद्धि को लागि नेतृत्वमा ईमान्दारिता र नैतिकता अनिवार्य हुनुपर्छ।

हामीले सधैं कति अरुको भर पर्ने।अब आफै गर्ने हो, आफै नीतिनिर्माण गरि,आफै स्रोतको ब्यबस्थापन र परिचालन गरि समृद्ध मुलुक बनेका कयौं देशहरु र नेताहरू छन् ।ती मध्यका केही देश र चर्चित राजनेताहरु निम्नानुसार छन्:
.
१( दक्षिण अफ्रिका( नेल्सन मण्डेला
२( फिनल्यान्ड ( म्यानेरहेमिन
३( कोरिया ( पार्कचङ्गही
४( सिंगापुर( लिक्वाङ्ग
५(मलेसिया ( डा महाथिर मोहम्मद
६( संयुक्त अरब इमिरेट्स ( शेख( जायद विन सुल्तान
७( चिन ( माओत्सेतुङ आदि

माथी उल्लेख गरिएका बिकास कामोडेल हरु मध्ये दुईवटा मोडलहरु बढी प्रयोगमा छन्

१ ( पुजीवादी मोडेल . संसारका विशेषज्ञहरु बोलाएर सुझाव सल्लाह लिने र सोही अनुसार नीतिनिर्माण गरिने मोडेल पुजीवादी मोडेल हो।

२ (समाजबादी मोडेल ( जो प्रत्येक पेसा र ब्यबसाय मा संलग्न छन् ती मानिसहरुको राय सल्लाह लिएर विशेषज्ञ संग बसेर योजना बनाउने मोडेल समाजबादी मोडेल हो।

अब यहि निरबाट ध्यान दिन जरुरी छ, हामीले कस्तो मोडेल अपनाउने , पुजीवादी ? या समाजबादी? हाम्रो धरातलीय आधार ,ऐतिहासिक भूगोल ,कृषकलाइ मल बीउ, किटनासक औसधि , उपकरण ,सिचाइ ,प्रबिधी र प्राबिधिक । मुख्यत मेरो जोड भनेको प्रबिधी र प्राबिधिक मा हो, हामिले कतै प्रबिधी दिने प्राबिधिक न दिने , कतै प्राबिधिक दिने प्रबिधि नदिने यसकारण पनि हामीले उल्लेख्य मात्रामा प्रगती गर्न सकेनौ। कुनैपनी क्षेत्रको दिगो र अपेक्षित बिकासको लागि प्रबिधि र प्राबिधिक संगै हुनुपर्ने हुन्छ।

जमिन बाझो! मान्छे बेरोजगार ? देश कृषि प्रधान ? निर्बाहमुखी कृषि , आयातमुखी अर्थतन्त्र? कुरा समाजबादका? कसरी हुन्छ समृद्ध देश ? कल्पनाले मात्रै हुदैन। रामायण मा परशुरामले जसरी जुनकुरा सम्झियो त्यहीँ पुग्ने! हामी त्यस्तो त छैनौं ।समाजबाद मा जाने आधारहरु के के हुन? कुराले समाजबाद आउदैन , सफा नियत र असल प्रवृत्ति सबैमा चाहिन्छ । ५०५ भन्दा बढि पहाडको र ३३५ भन्दा बढी जमिन तराईमा बाझो देखिन्छ । जम्मै जमिन टुक्राटुक्रा पारिएको छ। जमिन बाझो छ। खाद्यान्न बाहिराबाट भित्र्याइन्छ।चालू आ ब को ११ महिना को मात्रै आयात र निर्यातको को अवस्था कस्तो छ हेरौ।

१( खाद्यान्न ( आयात ४७ अर्ब ९७ करोड
निर्यात ४७ “ ९५ “
२(तरकारी ( आयात २६ “ ४७ “
निर्यात २५“ २६“
३(फलफूल ( आयात १७ “ १३ “
निर्यात १७ “ २ “
४( चिया रकफि आयात १०“ ९४ “
निर्यात २ अर्ब ८७ “
५( तेलजन्य आयात १३ “ ६३ “
निर्यात १२“ २३“
६(घ्यु तथा तेल आयात २३“ ७२“
निर्यात २२“ ७३“
७( माछा मासु आयात ६“ २ “
निर्यात ५“ ८०“
८( दूध जन्य आयात १“ ६८“
निर्यात १“ ५० “

९( प्याकेजिङ्ग खाद्य आयत ५“ ८४“
निर्यात ४“ ८६“
१०( अन्य खाद्यआयात ८“ १३“
निर्यात ८“ २०“
११( काठजन्य आयात ६“ ४“
निर्यात ५“ ९९“
१२( उनी अयात ३“ ७१“
निर्यात ३“ ६९“
१३( सुर्तीजन्य आयात २“६०“
निर्यात २“ ४५“

स्रोत ( नयाँ पत्रीका ।२०७७र२र१६

लकडाउन को दुई महिनाको आयात १ खर्ब को हाराहारी छ भने निर्यात ७ अर्ब उत्पादन वृद्धि ,निर्यात प्रबर्द्धन र आयात बिस्थापन मा जोड दिन जरुरी छ। हामिले मेसिन औजार उत्पादन गर्न सक्दैनौं , तत्काल उत्पादन वृद्धि गरेर निर्यात बढाउन सकिने भनेको कृषिजन्य बस्तु नै हो त्यसैले हामिले योजना बद्ध भएर ( कृषिमा लगानी र युवा परिचालन ) को नारा दिदै कृषिको बिकास गर्न सकेमा अबको २० बर्षमा हामी बिकाससिल देशमा गणना भै सक्छौं । यो बेला हामीलाई फेरि अर्को चुनौती थपिएको छ, कोरोना भाइरस को महामारिले गर्दाआन्तरिक उद्योग बन्दछ्न, राजस्व वृद्धि मा गिरावट छ, बिश्व अर्थ तन्त्रमै गिरावट आउने निश्चितै छ। हामीलाई अनुदान र ऋणदातहरु बाट प्राप्त हुने वैदेशिक अनुदान या ऋण अपेक्षाकृत उपलब्ध हुने सम्भावना कम छ।रोजगारीको सिलसिलामा बिदेशीएका युवाहरू फिर्ता हुदैछन र बेरोजगारी समस्या बढ्दैछ । वैदेशिक ऋणर अनुदान पनि कम हुने, बिप्रेसण ( चझष्ततभलअभ) मा पनि कमि आउने हो भने अर्थतन्त्र धरासायी हुने सम्भावना छ। गरिबी बढ्ने छ, यसबाट पार लगाउन कृषिमा लगानी बढाइ यसको आधुनिकिकरण गरिनुपर्छ , यो हाम्रो लागि चुनौती मात्रै हैन अबसर पनि हो। बिदेश बाट फर्किएको युवा जनशक्ति कोहि विभिन्न किसिमको दुख कष्ट झेलेर आएको छन् भने, कोहि अनेक प्रकारका सिपहरु सिकेर आएका छन् जो स्वदेशमै केही गर्न चाहन्छन, उनिहरुलाइ कृषिमा लागाएर बाझो जमिनको सदुपयोग गरेमा तुरुन्तै प्रतिफल पनि प्राप्त हुने र बेरोजगारी को पनि अन्त्य हुने( सन्जिबनी बुटि) कृषि को सबलिकरण र आधुनिकीकरण नै हो, ,साच्चिकै हामीले डटेर लाग्ने हो भने २ बर्ष भित्र , खाद्यान्न , तरकारी , फलफूल , माछा मासु, दुग्धजन्य बस्तु ,काठजन्य बस्तु र सुर्तीजन्य बस्तु को हालको ब्यापार घाटा कुल आयातमा १५५ ओगटेको छ यो शून्यमा झार्न सक्छौ । यतिमा मात्रै आत्मनिर्भर भयौ भने पनि नेपालले समृद्धी को यात्रा केही पूरा गर्छ। बिना संकोच, बिना हिच्किचाहट, युवा को कृषि मा प्रबेस भएमा मात्रै समृद्ध नेपाल बन्छ जसले समाजबाद तिर जान मार्ग प्रशस्त गर्छ। कृषिकार्य मा लागौ, शुद्ध र ताजा खानेकुरा उत्पादन गरौं , निरोगी बनौं ,धेरै बाचौ र अरुलाइ पनि बचाऔं । यसले नेपालको समृद्धि को लागि महत्त्वपूर्ण भुमिका खेल्ने छ।

लेखक : अछाम जिल्लाका कानुन विज्ञ र शिक्षक संगठनका नेता हुनुहुन्छ ।

प्रतिक्रिया