काठमाडौं । संसारभर छरिएर रहेका नेपाली भाषाका साहित्यकारहरुको इतिहास लेखन कार्यका लागि आआफ्नो विवरण उपलव्ध गराइदिनु हुन त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. खगेन्द्र प्रसाद लुइटेलले आह्वान गर्नुभएको छ ।
उहांले मंगलवार एक विज्ञप्ति जारी गरी डायस्पोराका नेपाली साहित्यको इतिहास लेखनमा आफ्नै काम ठानी सहयोग गर्न अपिल गर्नुभएको छ ।
डायस्पोरा नेपाली साहित्यको इतिहास लेखन अन्तिम चरणमा पुगीसकेकोले कोही पनि नछुटुन भन्ने उदेश्यले अन्तिम पटक आह्वान गरिएको उल्लेख गर्दै उहांले आफ्नो वारेमा जानकारी गराउंदा नाम, साहित्यिक नाम, वसोवास गरिरहेको देश र ठाऊं, प्रथम प्रकाशित रचना, प्रकाशन भएको स्रोत (पत्रिकाको वर्ष, अङ्क, साल, महिनासहित), प्रकाशित कृतिको विधा (कविता, गीत, गजल, मुक्तक, हाइकु, कथा, उपन्यास, नाटक, निबन्ध), प्रकाशन साल, सकेसम्म कृति, नभए कृति पाइने ठाऊ समावेश गरिदिन आग्रह गर्नुभएको छ ।
उहांले साहित्यिक गतिविधि गर्ने सङ्घसंस्था, पत्रपत्रिका, अनलाइन, रेडियो, टिभी, विभिन्न विधाका सामयिक र सामूहिक सङ्कलन आदिबारे पनि जानकारी उपलब्ध गराइदिनु हुन अनुरोध गर्नुभएको छ । यस्तो जानकारी पांचदिन भित्र त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग, कीर्तिपुरमा पठाइदिन वा [email protected] मा इमेल गरिदिन पनि आह्वान गर्नुभएको छ ।
प्रतिक्रिया