भारतबाट सीमानामा पुगेका १ हजार ८ सय ५५ नेपालीको उद्धार

वीरेन्द्र रावल २०७७ जेठ ८ गते १०:१९ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी, जेठ ८ । भारत सरकारले रेवे सेवा सुचारु गरेपछि दैनिक रुपमा ठूलो संख्यामा नेपालीहरु नेपाल आउन थालेका छन् । नेपाल सरकारले सीमानाकामा कडाई गरिरहँदा पनि भारतीय पक्षले नेपाल आउन चाहने नेपालीलाई सीमानाका सम्म पठाई दिने गरेको पाइएको छ । यसैक्रमम भारतका बिभिन्न स्थानहरुबाट आई पलिया,गौरीफन्टा लगायतका क्षेत्रमा अलपत्र परेका १ हजार ८ सय ५५ जना नेपाली नागरिकहरुलाई जिल्ला प्रशासन कार्यालय कैलाली र धनगढी उपमहानगरपालिकाको सहकार्यमा नेपाल भित्रयाइएको छ । प्रशासनले बुधवार राती कैलालीको त्रिनगरभन्सार नाकाबाट ८ सय ५५ जनाको उद्धार गरिएको थियो भने विहीवार २ सय २६ जनालाई उद्धार गरेको छ।

अलपत्र परेका नेपालीहरु सीमामा प्रवेश खुकुलो पारेको सुनेपछि पैदल र बिभिन्न सवारी साधनबाट सीमामा पुगेका थिए । उनिहरुलाई धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको टोलीले उद्धार गरेर धनगढीस्थित नवदुर्गा मावि, कवडहल र कैलाली बहुमुखी क्याम्पसमा राखिएको छ।

जिल्ल प्रशासन कार्यालय कैलालीका प्रमूख जिल्ला अधिकारी यज्ञ बोहराका अनुसार भातीय क्षेत्रबाट दिनहुँ मानिसहरुको ओईरो लाग्नेक्रम जारी रहेकाले सबै स्थानीयतहहरुले क्वाईरेन्टाईनको उचित व्यवस्था गर्नु पर्ने नत्र मानिस राख्ने ठाउँ नहुने भएकाले समस्या सृजना हुन सक्ने बताउनु भएको छ।

भारतका विभिन्न स्थानबाट आई गौरीफन्टानाकामा अलपत्र परेका मानिसहरुलाई राती २ बजे उद्धार गर्ने काम भयो नगरप्रमुख नृपबहादुर वडले भन्नु भयो, यहाँबाट उनिहरुको पहिचान गरेर सम्वन्धीत ठाउँमा पठाउने ब्यबस्था भैराखेको छ । उद्धार गरिएकाहरुको ठेगाना खुलाउने , रेकर्ड राख्ने काम जिल्ला प्रशासन कार्यालय कैलालीले गरिरहेको नगरप्रमुख वडले बताउनु भयो । कतिपयले राती २ बजे सम्म किन नगरप्रमुखले सिमामा गएर उद्धार गर्नु प¥यो भनिरहेका छन् नगरप्रमुख वडले भन्नु भयो , जसले उद्धार गर्नुपर्ने हो त्यो सरकारले वास्ता नगरेपछि मानवीयताका हिसावमा मात्रै सबै काम गर्नुपर्ने अवस्था आएको हो । जिल्ला प्रशासन कार्यालय प्रशासकिय अधिकृत शिवराज जोशीले उद्धार गरिएका ब्यक्तिहरु यस प्रदेशका मात्रै नभएर झापा सम्मका रहेको बताउनु भएको छ । सबै मानिसहरुको जिल्ला पहिचान गर्ने काम गरिरहेका छौं प्रशासकिय अधिकृत जोशीले भन्नुभयो, त्यसपछि स्थानीयतह पहिचान गरेपछि सम्वन्धीत स्थानीयतह संग समन्वय गरेर पठाईने छ।

त्रिनगर भन्सार नाकाबाट नेपालीहरुलाई स्वदेश फर्किन खुकुलो गरेको छ भन्ने हल्ला भारतमा रहेका नेपालीहरु सम्म पुगेका रहेछ धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत लक्ष्मी उपाध्यायले बताउनु भयो, त्यसैले देशभरीका ब्यक्तिहरु यहीबाटो भित्रिरहेका छन् । ‘भारतमा एक राज्यबाट अर्को राज्य जान खुकुलो बनाएपछि नेपालीहरु सीमामा आउने क्रम बढेकोे हुनसक्छ ,उपाध्यायले बताउनुभयो, भारतीय पक्षले क्वारेन्टाइनबाट नेपालीलाई घर जान अनुमति दिएकाले पनि हुलकाहुल नेपाली भित्रीन थालेका छन् ।भारत सरकारले रेल सेवा शुरु गर्ने हल्ला संगै नेपाल सरकारले पनि आन्तरिक तयारी नगरेका कारण पनि सीमा क्षेत्रमा आएका नेपालीहरुले दुख पाउने देखिएकोले आन्तरिक तयारीमा तिब्रता दिईनुपर्ने माग सर्वत्र उठेको छ ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया