धनगढीको गौरीफन्टा नाकाबाट भित्रयाइयो पाँच सय नेपालीलाई, एक महिना १५ दिन देखि उनिहरु पलियामै अलपत्र थिए

वीरेन्द्र रावल २०७७ जेठ २ गते २०:३४ मा प्रकाशित


वीरेन्द्र रावल,

धनगढी, जेठ २ । भारतका विभिन्न स्थानहरुबाट एक महिना १५ दिन पहिले नेपाल आउन भनी हिंडेका नेपाली नागरिकहरु नेपाल सरकारले प्रवेश नदिएका कारण एक महिनादेखि भारतको लखिमपुर जिल्लास्थित पलियाबजार क्षेत्रमा अलपत्र परेका थिए।

एक महिना १५ दिन सम्म भारतीय क्वाइरेन्टाईनमा बसेका नेपालीहरुलाई शुक्रबारमात्रै पलियाबाट गौरीफन्टा नाका भएर धनगढीस्थित त्रिनगर भन्सारको बाटो भएर नेपाल प्रवेश गराइएको हो।

लकडाउनका कारण भारतमा अलपत्र परेका पाँच सयको संख्यामा रहेका नेपाली नागरिकलाई धनगढीस्थित त्रिनगर नाकाबाट स्वदेश ल्याएर उनिहरुको र्यापिड टेष्ट गरिएको थियो।

शुक्रबार भारतीय सीमावर्ती क्षेत्रको पलियामा क्वारेन्टाइनमा राखिएका उनीहरुलाई लामो समयपछि मात्रै सरकारले उद्धार गरिएको हो । एक महिना १५ दिन सम्म क्वारेन्टाइनमा बसेका बल्ल स्वदेश फर्केपछि खुशीले भएका छन्।

एक हप्ता पहिले मुम्बैबाट सोझै भारतीय प्रहरीको सिफारिसमा गौरीफन्टा नाकामा आएका मोहन्याल गाउँपालिका वडानम्बर ६ सोल्टाका ८ जना युवालाई पनि नेपाल प्रहरीले पलिया फिर्ता गरिदिएको थियो । आफुहरुले त धेरै दिन भारतीय क्वार्यरेन्टाईमा बस्न नपरेपनि एक महिना १५ दिनजती क्वाईरेन्टाइनमा नेपाली साथीहरु बसेको आफुले पाएको बताउनु हुन्छ – मोहन्याल ६ का प्रसाद भुल । नेपाल प्रवेश पाउने खबर शुक्रबार विहानमात्रै पाएपछि ठूलो संख्यामा रहेका साथीहरु खुशी भएको बताउनु हुनछ – प्रसाद।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार उनीहरुलाई नेपाल फर्काइसकेपछि पनि क्वारेन्टाइनमा राखिनेछ।

प्रजिअ बोहराका अनुसार कैलाली घर भएकाहरुलाई शुक्रबारै स्थानीय तहमा पठाउनेछ भने अन्य जिल्लाका नेपालीहरुलाई धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिने छ।

कैलाली प्रहरी प्रबक्ता डीएसपी दक्षकुमार बस्नेतले स्वदेश आउन अनुमति दिएका सबैको सीमा नाकामै ¥यापिड टेस्ट गरिएको बताउनु भयो।

उनले सीमापारी कैलाली, कञ्चनपुर सहित बैतडी, डडेल्धुरा, सुर्खेत, बझाङ, दैलेख, कास्की, सिन्धुली, रौतहट लगायतका जिल्लाका नागरिक रहेका छन् ।
त्यस्तै धनगढीमा रहेको त्रिनगर माध्यामिक विद्यालयको क्वार्यरेन्टाईनमा रहेका र विभिन्न स्थानबाट जम्म भएका ७० जनाको संख्यामा रहेका भारतीय नागरिकहरुलाई पनि शुक्रबार भारत पठाइएको छ।

दुई महिना देखि नेपालमा पेईन्टीङ काम गरेर बस्दै आएका भारत पलियाका नदिम अलीले दुई महिना पछि घर जान पाइएकोमा खुशी व्यक्त गर्नु भएको छ । काम पनि नभएर रासनपानी सबै सकिएको अवस्थामा आफुहरुलाई नेपाल सरकारले भारतीय सीमा नाका सम्म पुगाइ दिने व्यवस्था मिलाइ दिएको भन्दै नदिमले सरकारलाई आभार व्यक्त गर्नु भयो । भारत जान पाएकोमा दुई महिनाको दुःख कष्ट सबै भुलिएको पनि नदिमले बताउनु भयो।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया