चर्चित कविता वाचक रञ्जना भन्छिन् – ‘पत्रकारिता शोख, साहित्य नसा’ (भिडियो सहित)

इनेप्लिज २०७७ वैशाख २८ गते १३:४४ मा प्रकाशित


पछिल्लो पछिल्लो समय छन्द कविता वाचनमा चर्चित नाम हो रन्जना आत्रेय । लमजुङको मध्यनेपाल नगरपालिका भोर्लेटारमा जन्मिएकी रञ्जनाले धेरै छन्द कविता वाचन गरिसकेकी छिन् । सानैदेखि साहित्य क्षेत्रमा रुचि राख्ने उनले कविता वाचन गरेर सामाजिक सञ्जालमा राख्न थालेको एक वर्ष भन्दा बढी भएको छ ।

उनको कविता वाचन धेरैले मनपराउने गरेका छन् । लामो समयदेखि पत्रकारितामा सक्रिय उनले नेपाली साहित्य तथा समाजशास्त्रमा स्नातककोत्तर गरेकी छिन । नयां कविता संग्रह वजारमा ल्याउन खटिरहेकी कवि आत्रेयसंग गरिएको छोटो कुराकानी ।

एउटा पत्रकारलाई कविता वाचनपट्टी कहांवाट रुचि जाग्यो ?

म कविता वाचन बाल्यकालदेखि नै गर्थे । पत्रकारिता मेरो पढाइपछिको पेशा हो ।  कविता वाचन मेरो घरदेखि स्कुल हुदै कलेजसम्म आइपुग्दा र अहिलेसम्म पनि निरन्तर हुदै आएको रुची हो । पहिले यसरी सामाजिक सञ्जालमा आएको थिइन, त्यसकारणले सीमित मानिसहरुलाई मात्र जानकारी थियो । पछिल्लो समय फेसवुक पेजबाट कविता वाचन आउन शुरु भएपछि धेरैले चिन्नु भयो । कविता त साहित्यको आत्मा हो । पत्रकारिता पनि साहित्यकै एक बिधा हो । यस अर्थले साहित्य र पत्रकारिता फरक पनि होइन नि ।

पत्रकारिता रमाइलो कि साहित्य ?

पत्रकारिता र साहित्यलाई छुट्ट्याएरै भन्नुपर्दा दुबै असाध्यै रमाइला क्षेत्रहरु हुन् । पत्रकारिता मेरो शोख हो । साहित्य मेरो नसा । मैले पत्रकारिता र साहित्य दुबैमा बराबर रमाइलो अनुभव गरिरहेको हुन्छु । पत्रकारितामा साहित्य मिसाएपछि पत्रकारिता अझै रसिलो अनि सशक्त पनि बन्छ । तसर्थ यो दुवैलाई मिसाएर स्वाद लिन जानियो भने सुन माथि सुगन्ध हुन्छ ।

साहित्यमा के छ, जसले सवैलाई लठ्याउंछ ?

साहित्य मानव मनको आवाज हो ।साहित्यमा सौन्र्दयचेत हुन्छ । अलि बढी कल्पनाशील पनि हुन्छ । मानिसलाई कल्पनाको दुनियाँमा रमाउन धेरै मन पर्छ । साहित्य जीवनको कलात्मक पक्ष हो । जीवनको सौन्र्दयलाई उधीन्ने काम गर्छ साहित्यले । साहित्यले हाम्रो वाच्ने कलामा रङ भरेर जीवनलाई स्वादीलो एवं रसपूर्ण बनाउँछ । रसीलो जीवन कसलाई मन पर्दैन र ?भ्रमरा बगैँचामा झुम्मिरहन्छन् फूलको रस लिन्छन् र रङ्गमा रमाउछन् । अनि त साहित्य कसलाई मन नपर्ला र ?

स्टार एफएममा पहिलो न्यूज वुलेटिन पढ्दा कामेको मान्छेलाई यति मिठो कविता भन्न सक्छु भन्ने विश्वास कसरी पलायो ?

पहिलो पटक रेडियोमा समाचार पढ्दा म निकै डराएको थिए । एकै चोटी लाखौं मानिसहरुले मेरो आवाज सुनिरहेका छन् भन्ने थियो मनमा । तर जति डराएको थिए त्यो भन्दा खुशी धेरै थिएँ । समाचार पढेर सकेपछि म निकै बेर भावुक पनि भएको थिएँ । पछि सबै कुरा सामान्य लाग्दै गयो । कविता वाचन प्रत्यक्ष प्रसारण नभएर रेकर्डिङ हो । त्यस कारणले सजिलो भएको छ । तर मलाई अहिले कुनै लाखौ मानिसहरुको भीडमा कविता वाचन गर्न लगाइयो भने पनि डर लाग्दैन यसको श्रेय पत्रकारितालाई जान्छ ।

फेसवुक पेजमा थुप्रै फलोअरहरु छन्न, कति त क्रेजी फ्यान पनि होलान् है ? कतिसम्म क्रेजी फ्यान हुंदा रहेछन् ?

अवश्य नै, मेरो फेसवुक पेज फलोअरहरु हुनुहुन्छ । तर कविताका फ्यानहरु धेरै नै भलाद्मी हुनुहुँदो रहेछ । कविता मनपरेपछि कतिपयले शेयर गर्नु हुन्छ,कतिपयले मेसेन्जरमा कविता राम्रो छ , भन्नुहुन्छ । कोही फोन गरेर कविता सुनाइदिनुहोस् भन्नु हुन्छ तर एकदमै सौम्य शैलीमा अनुरोध गर्नु हुन्छ । कोही तपाईको कविता नसुनी निन्द्रा नै लाग्दैन भन्नुहुन्छ । कविता सुनेर निदाउनुहुन्छ । मलाई खुशी लाग्छ ।

अहिले कसका कविता पढ्न वढी मन लाग्छ ?

मैले पुराना तथा नयाँ पुस्ता सबैका कविताहरु समेटेर वाचन गर्दै आएको छु । तर मलाई सबैभन्दा धेरै कवि शिरोमणी लेखनाथ पौड्यालका कविता वाचन गर्न मनपर्छ । भानुभक्त आचार्य,लक्ष्मीप्रसाद देवकोटा माधवप्रसाद घिमिरेका कविता पनि मनपर्छ ।

कविता वाचन संगसंगै आफैं लेख्ने काम कत्तिको अगाडि वढ्दैछ ?

म कविता आफू पनि लेख्छु । पद्य तथा गद्य दुवै विधामा कविता लेख्छु । तर कविता लेखनमा पछिल्लो समय अलि मन्दी आएको भने हो । किन भने म वाचनमा अलि बढी सक्रिय छु ।

आजकल टेलिभिजन पर्दामा झुल्किएको देखिदैन, व्यस्तता केमा हो ?

मैले टेलिभिजन छोडेको लामो समय भयो । खासमा विवाह भएर बच्चा भएपछि बच्चा हुर्काउनु पर्ने भएकोले म पत्रकारिताबाट केही टाढिएको हुँ । तर अब छिट्टै पत्रकारितामा फर्कन्छु ।

आफैं मिठो कविता भन्ने मान्छेलाई अरु कसका कविता सुन्न मन लाग्छ ?

म सबैका कविता सुन्न मन पराउँछु । व्यक्ति विशेष हुनुहुन्न । सबै कविता वाचकहरु मेरो विशेष हुनुहुन्छ । पछिल्लो समय लकडाउनले गर्दा धेरै कविहरुले छन्द कविता वाचन गरेर समय व्यतीत गरिरहनु भएको छ । म सबैका कविता सुन्न र हेर्न मनपराउँछु ।

इनेप्लिज मार्फत केही भन्न मन छ ?

अमेरिकामा रहेर पनि आफ्नो देशको भाषा साहित्यलाई इनेप्लिजले माया गरिरहेको छ । यो निकै खुशीको कुरा हो । इनेप्लिज टिमलाई हृदयदेखि नै धन्यवाद दिन चाहान्छु । र स्वदेश तथा विदेशमा रहनु भएको सबैलाई नेपाली साहित्यमा अगाध माया गरिदिनुहोस् । जहाँ बस्नुभएको छ त्यहाँ आफ्नो भाषा, धर्म्, संस्कृतिलाई अगाध माया गरिदिनुहोस, साहित्य नै जीवनको आत्मा हो, साहित्य नै मानवको पहीचान पनि हो । तसर्थ कविता वाचन मार्फत अभिब्यक्त सौन्दर्यको स्वाद लिनुहोला र आवश्यक सुझाव पनि दिनुहोला भन्ने अनुरोध सबैसंग गर्छु ।

उनले वाचन गरेका केही कविताहरु :

म देश देख्न आउँछु ।🙏कविता संगै यहाँहरू पनि आउनुहोस है । कस्तो लाग्छ ? सुझावको अपेक्षा गरेको छु ।😍रचना: हरि पोखरेल 🙏

Posted by Ranjana Aatreya on Wednesday, 6 May 2020

काल महिमा

कवि शिरोमणि लेखनाथ पौड्यालको कबिता बाचनको प्रयास गरेको छु । कस्तो भयो सुझाव पाउँ है ।🙏🙏

Posted by Ranjana Aatreya on Friday, 6 December 2019

पिट्नु हुन्न नपिट्नु दुख्छ हामीलाई 😥😥यहाँहरुले नि नपिट्नुस् है साना साना कलिला नानीबाबुहरुलाई । 😍🙏रचनाः रमेशचन्द्र घिमिरे🙏

Posted by Ranjana Aatreya on Sunday, 10 May 2020

म देश देख्न आउँछु ।🙏कविता संगै यहाँहरू पनि आउनुहोस है । कस्तो लाग्छ ? सुझावको अपेक्षा गरेको छु ।😍रचना: हरि पोखरेल 🙏

Posted by Ranjana Aatreya on Wednesday, 6 May 2020

म देश देख्न आउँछु ।🙏कविता संगै यहाँहरू पनि आउनुहोस है । कस्तो लाग्छ ? सुझावको अपेक्षा गरेको छु ।😍रचना: हरि पोखरेल 🙏

Posted by Ranjana Aatreya on Wednesday, 6 May 2020

 

प्रतिक्रिया