गजल -आमा -अन्तराष्ट्रिय मदर्स डे

शारदा क्षेत्री : हाल न्युयोर्क २०७७ वैशाख २८ गते १३:१६ मा प्रकाशित

मरेर बाँचेकि हुन्छिन् आमा जन्माउदा सन्तान!!
कैदी जस्तै जेलमा हुन्छिन् बडाउदा सन्तान!!

बिर्सिनछन् आफ्नो सबै पीडा ती आमाहरुले !!
भोक प्यास भुलिदिन्छन् बिरामिहुदा सन्तान !!

ताते ताते गराउदै तोते बोलि सुन्दा खुसी हुदै !!
अाफैमा हराउछिन् आमा रमाउदा सन्तान !!

संघर्ष कति खेप्छिन कठै छोराछोरी को लागि !!
दौडधुप कति उज्ज्वल भबिस्य बनउदा सन्तान!

पहिलो शिक्षक घरमा बनी अमुल्य शब्द दिदै !!
हर्षले सिमा नाघ्छन् स्कुल पठाउदा सन्तान!!

बिगतका दुख कष्ट भुल्छन् ती आमाबुवाले हरे !!
रगत पसिना बेच्छन् बाबा अमाले पढाउदा सन्तान !!

प्रतिक्रिया