गैरआवासीय नेपाली संघले प्रवासी नेपाली लेखकहरुको ” नियात्रा संग्रह” प्रकाशन गर्ने

इनेप्लिज २०७७ वैशाख १८ गते २१:२६ मा प्रकाशित

गैरआवासिय नेपाली संघको भाषा , साहित्य , सस्कृती र सम्पदा समिति ले प्रवासमा रहेर साहित्यकर्ममा लागि रहेका लेखकहरुका नियात्रा सङ्ग्रह प्रकाशन गर्ने भएको छ । संसारका सबै महादेशमा रहेका नेपाली लेखकहरुका यात्रा अनुभुतीहरु समेटिने उक्त सङ्ग्रहमा नेपाली लेखकहरुले बिश्वका कुनाकाप्चाको भुगोल , सस्कृती , सम्पदा , जनजीवन र समाजको अनुभव नेपाली साहित्यका पाठकलाई स्वादिलो रुपमा पस्कने छन ।

सन २०२० भित्रै प्रकाशन गरि सक्ने लक्ष्य राखिएको उक्त संग्रहका लागि संघका भाषा , साहित्य , सस्कृती तथा सम्पदा समितिका अध्यक्ष एब पुर्ब कोषाध्यक्ष हिक्मत थापाले जुलाई ३०, २०२० सम्म रचनाहरु संकलन गरि सक्ने बताउनु भएको छ ।

संसारका विभिन्न देश र क्षेत्रमा रहेका प्रवासी नेपाली साहित्यकारहरुले बसेको वा घुमेको देशका बिबिध स्वरुपलाई उत्कृष्ट रुपमा नियात्राको रुपमा प्रस्तुत गर्ने र यो संग्रहले पाठकहरुलाई विभिन्न नेपाली लेखकहरु सङ्गै रोचक रुपमा संसार घुमाउने हाम्रो बिश्वास छ , समितिका सहअध्यक्ष महेश्वर पन्तको भनाइ रहेको छ । उनका अनुसार २० देखि २५ लेखकका रचनाहरु उक्त संग्रहमा रहने र संग्रह लगभग ३०० पृष्ठको रहनेछ ।

समितिले यस संग्रहका साथै गैरआवासीय लेखकहरुको गजल सङ्ग्रह र गैरआवासिय नेपाली लेखकहरुको अभिलेख पनि साथ साथै प्रकाशन गर्ने तयारी गर्दैछ ।

प्रतिक्रिया