अफ्रिकाका नेपालीको नौलो परोपकारी कार्य

इनेप्लिज २०७७ वैशाख १६ गते ११:११ मा प्रकाशित

इन्टेवे, युगान्डा । अफ्रिकाको इन्टेबे स्थित चिडियाखानाले त्यहा राखिएका चिम्पान्जी लगायत जनावरहरुलाई कोरोनाको लकडाउनले खानाको अभाव भएर अप्ठ्यारो परेको सुचना जारी गरे पछि त्यहा स्थित गैरआवासिय नेपालीहरु जीवनाथ पङ्गेनी,रमेश कंडेल र रन्जीता पङ्गेनीले हिजो जनवारहरुलाई राहतका लागि तरकारी र फलफुल लिएर चिडियाखानालाई सहयोग हस्तान्तरण गरेका छन ।

उनिहरुले यो कार्य एनआरएनए युगान्डाका तर्फबाट आफ्नै खर्चमा गरेका हुन ।

इन्टेवेबाट जीवनाथ पङ्गेनीले भने यो कार्य एनआरएनए र अन्य संघ सस्था र ब्यापारिक समूह सङ्ग मिलेर निरन्तर गर्ने योजनामा छौ । लोपोन्मुख चिमपान्जी लगाएत अन्य जनवारहरु भोकै नमरुन भन्ने हाम्रो उद्देशय हो ।

प्रतिक्रिया