एनआरएनएका अफ्रिका राहत कोषको बैठक सम्पन्न

इनेप्लिज २०७७ वैशाख १३ गते २०:५२ मा प्रकाशित

नैरोवी , केन्या ।अफ्रिकामा रहेका नेपालीहरुलाई कोरोना महामारीबाट आइपर्ने सम्भावीत बिपदमा राहत र उद्दार गर्ने उद्देश्यले एनआरएनएका अफ्रिका स्थित एनसीसीहरु द्वारा गठित अफ्रिका राहात कोषको आज अनलाइन बैठक सम्पन्न भएको छ ।

नाइजेरिया,घाना,आइभोरी कोस्ट,रुवान्डा,युगान्डा,केन्या,तान्जानिया,जाम्बिया र बोत्स्वानाका एनआरएनए अध्यक्ष र पदाधिकारीहरुले सहभागिता जनाएको बैठकले कोषको संचालक समितीएनआरएनएका पुर्व कोषाध्यक्ष हिक्मत थापाको संयोजकत्वमा सर्वसम्मतिले गठन गरेको छ ।

समितिमा रोशन थापा र बिदुर खनाल सहसयोजक रमेश कंडेल सचिव र कुल कार्की कोषाध्यक्ष र अफ्रिका स्थित सबै एनसीसीका अध्यक्ष र एनसीसी नभएका देशका बरिस्ठ अभियन्ता सदस्य रहनेछन ।

समितिले हालसम्म अमेरिकी डलर ११६०० सहयोगको प्रतिबद्धता पाई सकेको छ भने यसलाई बीस हजार डलर पुर्याउने लक्ष्य लिएको छ ।

समितिले राहत सहयोगको निर्देशिका तयार गर्ने र सम्भावित संकटमा थप सहयोग र उद्दार आबश्यक पर्दा नेपाल सरकार ,अफ्रिका स्थित दूतावास , मानार्थ महाबाणिज्य दुतहरु र एनआरएनए आइसीसी सङ्ग समन्वय गर्नेछ ।

प्रतिक्रिया