राहतका नाममा दुरुपयोग गर्नेलाई कारबाही गरिने

इनेप्लिज २०७७ वैशाख १३ गते १६:१७ मा प्रकाशित

काठमाडौं । सरकारले स्थानीय निकाय मार्फत दैनिक ज्यालादारी गरेर खाने र बिद्यार्थी समेतलाई ब्यापक रुपमा राहत बितरण गरिरहेको जानकारी दिंदै कतिपय गैरसरकारी संस्थाहरुले राहत उठाएर दुरुपयोग गरेको पाइएकोले कारवाही गर्ने चेतावनी दिएको छ ।

कतिपय गैरसरकारी संस्थाका नाममा ब्यक्तिले राहतका लागि पैसा उठाउने अनि मैले सहयोग लिएर आएको छु भन्दै आफनो स्वार्थपुर्ति गर्नेहरु देखिन थालेको भन्दै सरकारले त्यसखाले सहयोगका नाममा कसैले राहत संकलन गरेको पाइएमा कारबाही गर्ने कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जनाएको छ ।

उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोख्रेलको अध्यक्षतामा शनिबार बसेको बैठकले जो कसैलाई अफ्ट्यारो परेकालाई स्थानीय सरकारले राहत सहयोग गरिरहेको र यदि कोही पनि अफ्यारोमा परेकाहरु राहत पाउनबाट छुटेको भए तत्काल स्थानीय निकायका जनप्रतिनिधिसंग सम्पर्क गर्न आग्रह समेत गरेको छ ।
यदि कुनै पनि निकायले सहयोग गर्ने भएमा स्थानीय निकायसंग समन्वय गरेर मात्र सहयोग गर्न सक्छ तर कतिपय सस्थाका नाममा सहयोग उठाउने, दीनदुखीहरुलाई सहयोग गर्ने भन्दै पैसा उठाउने अनि कार्य गर्न नपाइने समितिले जनाएको छ ।

सहयोग जम्मा गर्ने अनि केही आफुलाई मन लागेकालाई सहयोग दिने र अनि सरकारले केही पनि गरेन है भन्न लगाउने र सामाजिक संजालमा शेयर गर्ने जस्ता अबाञ्छित कार्य समेत ब्यापक हुन थालेपछि सरकारको गभीर ध्यानाकर्षण भएको बताइएको छ ।

कतिपयले खान पाइएन भन्दै हिडने र तर जहा राहत बितरण भएको छ त्यहा पुगेर चामल दाल, तेल, नुन जम्मा गर्ने गरेको स्थानीय प्रशासनले जनाएको छ । जसले बढी राहत लिएको छ उसैले बाहिर खान पाइएन भन्ने गरेको प्रमाण सहित प्रशासनले फेला पारेपछि ती ब्याक्तिहरुलाई कारबाही गरिएको छ ।

प्रतिक्रिया