प्रदेश नं.१ मा ३० जना कोभिड–१९ बाट सङ्क्रमित

मनोज दाहाल २०७७ वैशाख १३ गते १४:४१ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, १३ वैशाख । प्रदेश नं. १ मा शनिबारसम्म कोभिड–१९ बाट ३० जना सङ्क्रमित भएका छन् प्रदेशमा शनिबारसम्म ५ हजार २१२ जनाको कोभिड–१९ को परीक्षणबाट उक्त सङक्रमित फेला परेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा रहेको कोरोना सूचना डेस्कले जनाएको छ।

प्रदेशमा शनिवारसम्म द्रूत परीक्षण विधि (आरडीटी) बाट ४ हजार २९८ जना तथा थ्रोट स्वाब पीसीआरबाट ९१४ जनाको कोभिड–१९को परीक्षण गरिएको छ।

यस्तै प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको सङ्ख्या शनिबारसम्म १ हजार २०४ वस्नु भएको छ भने भने स्वास्थ्यकर्मीहरुकानिगरानीमा आइसोलेसनमा ३१ जना रहेका छन्

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया