ईनेप्लिज प्रतिनिधि,फ्रान्स, १२ बैशाख २०७७ । कोरोना भाइरसका कारण समग्र बिश्वजगत नै चपेटामा जगडिएको अवस्थामा फ्रान्समा बस्ने नेपाली समुदायलाई पनि यसको ठूलो असर परेको छ । बिशेष गरि फ्रान्समा अध्ययन गर्न आएका बिधार्थीहरु कोरोना भाइरसबाट ज्यादै प्रभावित भएका छन् ।
यस् दु:खद घडीमा गोर्खाली समाज फ्रान्सले पनि समस्यामा परेका नेपाली समुदाय नागरिकको पहिचान गरी राहत वितरण गर्ने पूर्व सूचना अनुरुप एक बिज्ञप्ति जारी गर्दै पहिलो चरणमा ५० (पचास) जनाको लागि राहत दिने निर्णय गरेको छ ।
फ्रान्स पनि लामो समयदेखि लकडाउनमा रहेको र फ्रान्समा मे ११ तारिखसम्म पूर्ण रुपमा लकडाउन कायम रहने राष्ट्रपतिले घोषणा गरेका छन् । फ्रान्समा रहेका
अन्य संस्थाहरूले खाद्यन्न बितरण गरि सकेका छन् ।
र हाल सम्म घर भाडाका समस्यालाई कुनै पनि संस्थाबाट सम्बोधन नभएको परिप्रेक्ष्यमा समाजले त्यस्ता नेपालीहरूको पहिचान गरी प्रति व्यक्ति नगद ५०€ सहयोग गर्ने निर्णय गरिएको गोर्खाली समाज फ्रान्सका अध्यक्ष सुरेन्द्र काप्रीले जानकारी दिएका छन् ।
प्रतिक्रिया