वरिष्ठ पत्रकार काफ्लेले लेखे सवैका आंखामा आंसु भरिने कविता (भिडियो सहित)

इनेप्लिज २०७७ वैशाख १२ गते १४:१२ मा प्रकाशित

वरिष्ठ पत्रकार कपिल काफ्ले सधै समाचार लेखन र सम्पादन मात्रै गर्दैनन् । समाज र मनोविज्ञान राम्ररी वुझेका पत्रकार काफ्ले साहित्य सिर्जना र पुस्तक लेखनमा पनि उत्तिकै कृयाशिल छन् । साहित्य र पत्रकारिताका थुप्र पुस्तकका लेखक काफ्ले सिक्ने र सिकाउने कुरामा पनि उत्तिकै सक्रिय छन् ।

नेपाल प्रेस इन्ष्टिच्यूटका तालिम संयोजक समेत रहेका वरिष्ठ पत्रकार काफ्ले एकातिर तालिम दिएर पत्रकारहरु उत्पादन गरिरहेका छन् भने अर्कोतिर आफैं विद्यावारिधीका लागि झोलामा ल्यापटप वोकेर विश्वविद्यालयतिर धाइ पनि रहेका छन् ।

शायद अहिले नेपालमा जारी लकडाउनले उनको कामको चाप कम भएछ क्यारे, शार्दुलविक्रिडित छन्दमा मिठो र सवलाई रुवाउने कविता लेखेर अगाडि आएका छन् । उनको कविताले अहिलेको परिवेश र पीडालाई राम्ररी चित्रण गरेको छ ।

पत्रकार काफ्ले दुइ पुत्रका पिता भएपनि एउटा छोरो अमेरिका र अर्को छोरो क्यानाडामा छन् । त्यसैले उनको मन पनि वेलावेला विरक्तिदो हो, त्यसैले यो कविता लेखे होलान् । कवितालाई हरिदत्त फुलाराले साह्रै मिठो स्वरमा वाचन गरेका छन् । सुनौ कविता ।

 

प्रतिक्रिया