मेरील्याण्डमा भाडा माग्ने घरवेटीलाई हत्याको प्रयास गर्ने एक व्यक्ति पक्राऊ, आजीवन कारागार जान सक्ने

इनेप्लिज २०७७ वैशाख १२ गते २:०९ मा प्रकाशित

कोरोना भाइरसको कारण अर्थतन्त्र डामाडोल र अमेरिकामा २ करोड भन्दा ज्यादा मानिस बेरोजगारी हुँदा घरपेटिले भाडावालसंग मासिक भाडा माग्दा हत्याको प्रयास गर्दा पक्राउ परेका छन् । भाडावालले सांघातिक हमला गरेका छन् । रक्तपात र गम्भीर घाइते बनाएका छन् ।

कोरोना भाइरसको कारण अमेरिकामा अधिकांश राज्यहरुमा घरभाडा लिनलाई सहज गर्नु र आर्थिक रुपमा कठिन अवस्थामा गुज्रिएकालाई एक-दुई महिना विचार पुर्याउनु भन्ने आशयलाई दिनै नपर्ने जस्तो गरेका कारण घरपेटि र भाडावाल बीच भनाभन हुँदा कुटाकुट परेको हो ।

मेरिल्याण्ड राज्यको सिल्भर स्प्रिंगमा उक्त घटना भएको हो । भाडावाल जेफ्री गैटनलाई प्रथम श्रेणीको हत्या तथा प्रथम श्रेणीको आक्रमणको आरोप सहित गिरफ्तार गरिएको छ ।

उनले सम्भवत आजीवन कारागार र थप २५ बर्ष कारागारको सजाय पाउन सक्ने छन् । २७ बर्षिय उक्त व्यक्तिले करिव मृत्यु हुने गरि हमला गरेको मोन्टगोमेरी काउन्टी प्रहरीले जनाएको छ । उनले गत आइतबार करिव २:३० बजे सिल्भर स्प्रिंगको ह्यास्टिंग ड्राईभ स्थित ९७०० मा झगडा भएको खबर पाए पछि प्रहरी त्यहाँ पुगेका थिए । उक्त घटनमा पुग्दा ६३ बर्षिय घरपेटि भान्सामा रक्तपात पूर्ण अवस्थामा ढलेका थिए ।

उनि बोल्न सकेका थिएनन र टाउकोमा चोट लागेको थियो भनि अदालतमा प्रहरीले बुझाएको कागजातमा उक्त कुरा उल्लेख गरेका छन् । कुरा गर्न र उत्तर दिन नसकी पीडामा भएको प्रहरीले जनाएका छन् । उक्त घर बाहिर ३ जना भाडावाल मध्ये एक संग कुरा गरेका थिए भने आक्रमणकारी गैटन सवारी साधन छेउममै राहदानी र पजन्म दर्ताको प्रमाण पत्र तयार गरि रहेको अवस्थामा फेला परेका थिए ।

आक्रमणकारी गैटनको जुत्तामा खुन लागेको थियो भने कपडाको कालो झोला गाडी माथि राखेका थिए । प्रहरीले दोश्रो भाडावाल संग कुरा गरे पछि उनले माथि चिच्याएको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए । दुई भाडावालले गैटनले ३ देखि ४ पटक हिर्काएको देखे पछि के गरेको रोक भनि चिच्याएका थिए । दुवै भाडावाल मुनि बेसमेन्ट(छिडी)मा आएर ९११ मा खबर गरेका थिए ।

अर्को तेश्रो भाडावाल अनौठो आवाज आए पछि माथि जाँदा घरपेटी घोप्टो परेर ढलेका थिए । प्रहरीका अनुसार गैटन बेरोजगारी भएका थिए भने उनले ५५० डलर महिनाको तिर्नु पर्ने भएको जनाएका छन ।

उनलाई प्रकाउ गरि सिल्भर स्प्रिंग श्तित थ्रीडी चौकीमा राखिएको छ । गैटन को बिगतमा पनि अपराधिक गतिविधिमा संलग्न भएको पाईएको छ । गत सोमबार मोन्टगोमेरी काउन्टीको जिल्ला अदालतले उनको धरौटी अस्विकार गरेको छ ।

समाचार लेख्दाको अवस्था सम्म घरपेटिको निधन भएको कुनै खबर नभएको एबिसी७ ले जनाएको छ ।

श्रोत : एबिसी७ /डब्लुजेएलए डटकम ,

तस्बिर : मोन्टगोमेरी काउन्टी प्रहरी बिभाग

(Photo: Montgomery County Police Department)

प्रतिक्रिया