रात

गोमा न्यौपाने २०७७ वैशाख ११ गते २३:३८ मा प्रकाशित

अध्यारो छ यो रात
छैन प्याराहरुको साथ
तर छ मसँग
आफ्नाहरुको मीठो याद
अनेक रुप बदल्दै आइरहन्छन् यादहरू
म तिनै यादहरुको साथमा
रमाएको छु
समय आउँछ र जान्छ
यो संकटको घडी पनि
पक्कै टरेर जान्छ
हामीले रोएर हैन
डराएर पनि हैन
हाँसेरै सामना गर्नेछौं

यहाँ
मेरा सबै आफन्तहरू मसँगै छैनन्
तर मायालु मन मैसँग छ
पर धेरै पर छु म
जाउँ कतै बाटो छैन
बोलाउँ कोही आउँन सक्दैन
हुनत आज संनसार भरी कोलाहाल छ चित्कार छ
तर यो चित्कारलाई
हाम्रो हाँसोको गुन्जनले जित्नुपर्छ
हामी यसरी नै हाँस्नुपर्छ

 

प्रतिक्रिया