संस्था बिरुद्ध मुद्दा दायर र हाल सम्मको रकम भुक्तानी सम्बन्धमा

इनेप्लिज २०७७ वैशाख ११ गते ०:३३ मा प्रकाशित

नमस्कार,

आज विश्व नोवल कोरोनाभाईरस (COVID-19) को संक्रमणको कारण आक्रान्त छ । यसले मानब जीबन लाई तहस नहस पारिरहेको छ । विश्व भर कै मानव अहिले जोखिम पूर्ण जीवन यापन गरिरहेका छन । कोभिड–१९ को असरबाट प्रत्यक्ष वा अप्रत्य़क्ष रुपमा कोही मुक्त छैन । खास गरी पे-चेक टु पे-चेक गुजारा चलाउँदै आएका परिवारहरु काम गर्न नपाइ रहेको अबस्थामा बॉच्नको लागि चाहिने न्यूनतम कुराहरु जुटाउन नसकि कठिन समय बिताई रहेका छन । कलेज तथा विश्व विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु छात्राबास छोडेर बाहिर बस्नु पर्ने बाध्यताको स्थिति सिर्जना भइ रहेको अबस्था छ । नेपाली समाजमा घटेका अप्रिय घटना र उत्पन्न बिकट परिस्थितिका कारण गैर आवसीय नेपाली संघ, अमेरिका परिवार मर्माहत छ ।

हामीले यसको संक्रमण अमेरिकामा देखिए लगत्तै कोरोना भाइरस कोभिड-१९ बाट कसरी बँच्न सकिन्छ लगायत यससंग संबन्धित विज्ञबाट जानकारी गराउने प्रयास गर्यौं । हट लाइन टेलिफोनको माध्यमबाट समस्यामा परेको बेला तत्काल सहयोग सल्लाह जुटाउने प्रयास गर्यौं । प्रकोप बढ्दै गए पछि आपत कालिन बैठक गरी यसको बिरुद्ध लड्न उच्च स्तरीय समिति र हेल्थ रेस्पोन्स टिम बनायौं । क्षेत्रीय र राज्य स्तरमा स्थानीय संघ संस्थाहरु संग समन्वय गरी समितिहरु गठन गर्नुको साथै सरकारको तर्फबाट ल्याइएका राहत प्याकेजहरुसम्म हाम्रो समुदायको पहुँच सुनिश्चित गर्न सूचना र सहयोगका कार्यक्रम संचालन गर्यौं । गोफन्ड एकाउन्ट खोलेर त्यसमा जम्मा भएको रकम, अमाजोन स्माइल एकाउन्टबाट यसअवधिमा प्राप्त हुने सबै रकम कोभिड १९ पिडितको लागि सहयोग गर्न खर्च गर्ने निर्णय गर्यौं । त्यतिले नपुग्ने अबस्था आएमा संस्थाको आपत कालिन कोषबाट खर्च गर्ने गरी निर्णय गरेर कहॉ के कसरी सहयोग गरिरहेका छौं भन्ने बारे यहॉहरुलाई साप्ताहिक रुपमा जानकारी पनि गराई रहेका छौं ।

एकातर्फ यस्तो विषम परिस्थितिमा आज हामी प्रबासमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरू एक आपसमा सहयोग गर्दै यस COVID-19 माहामारीसंग बच्नु पर्ने/लड्नु पर्ने अवस्था छ भने अर्कोतर्फ गत निर्वाचनको नतिजा आफु उपयुक्त हुन नसकेकै काराण यो संस्थाको गतिबिधि रोक्नु पर्ने माग दावी गर्दै, यो संस्था हाँक्छु भनि दावी गर्ने मध्यकै बिगत निर्वाचनका एक अध्यक्षका उम्मेद्वारले संस्था बिरुद्ध मुद्दा दायर गरेकै कारण वकिल शुल्क र अन्य शुल्क बापत $६७३६.०० रकम भुक्तानी गर्नु पर्ने झमेलामा छौं ।

मुद्दाको कारण हामीले यस कार्यकालको $१२९४७.४७ र अघिल्लो कार्यकालको बक्यौता $१२३४७.५० गरी जम्मा $२५२९४.०० गत बर्ष २०१९ मै भुक्तानी गरिसकेका छौं । हाल प्राप्त भएको बिल भुक्तानि गरिसक्दा हामिले $३२०३०.९७ रकम भुक्तानि गरिसकेका हुनेछौं साथै मुद्दा अगाडी बढ्दै जॉदा अझै कति बढी खर्च हुन्छ यकिन गरी भन्न सकिने अबस्था छैन ।

हामीले यसरि यो तीतो जानकारी यहाँहरु समक्ष राख्नु पर्दा हामीलाई अत्यन्त दु:ख लागेको छ । पटक पटक यस्तो अवस्था आउनुले अब मुद्दा मामिलाबाट यो संस्थालाई कसरी मुक्त राख्ने, मुद्दा मामिलालाई कसरी निरुत्साहित गर्ने भन्ने अहम बिषय बनेको छ । जे जस्तो भए पनि परिस्थितिको बारेमा आफ्ना सदस्यहरुलाई जानकारी गराउनु र यहॉहरुको सहयोगमा अगाडी बढ्नु हामीले हाम्रो कर्तब्य ठानेका छौं । यहॉहरुबाट प्राप्त सुझाब सल्लाह र सहयोग नै हाम्रो लागि मार्ग निर्देशन हो ।

अन्त्यमा कोरोना महामारीको बिरुद्धको लडाईंमा यहॉहरुको साथमा छौं र रहने छौं भन्ने प्रतिबद्धता जाहेर गर्दै एनआरएन प्रति यहॉको अटुट मायॉ सद्भाव र सहयोगको लागि हार्दिक कृतज्ञता ज्ञापन गर्दै गर्दछौं ।

जय एन आर एन ! जय एन आर एन ए !!

गैर-आवासीय नेपाली सङ्घ, अमेरीका

प्रतिक्रिया