कैलालीका युवामा देखियो कोरोना पोजेटिभ देखियो, सुदूरपीश्चमका पहिलो संक्रमित डिष्चार्ज

वीरेन्द्र रावल २०७७ वैशाख ९ गते २२:४८ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी,बैशाख ९÷भारतबाट नेपाल फर्किएका कैलालीका एक युवकमा रयापिड टेस्ट गर्दा कोरोना पोजेटिभ देखाएको छ।

बर्दगोरिया गाउँपालिका वडानम्बर – ३ का १९ वर्षीय युवकमा आरडिटी एन्टीबडी पोजेटिभ देखिएको हो।

गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णदेव जोशीका अनुसार एन्टीबडी पोजेटिभ देखिएपछि उनलाई थ्रोट स्वाब संकलनका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ।

भारतको पुणेमा मजदुरी गर्दै आएका ती युवक चैत १० गते कैलाली फर्किएका थिए । घर फर्किएदेखि नै उनी होम क्वारेन्टाइनमा बस्दै आएको बताएको छ ।
दुवहीबाट नेपाल आएका धनगढी उपमहानगरपनलिका वडानम्बर ५ तारानगरका सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित ३४ वर्षीय अमृत शाही पनि सेती प्रादेशिक अस्पतालबाट मंगलबार डिस्चार्ज भएका छन । २८ दिन लामो उपचारपछि निको भएका शाहीलाई मंगलबार सेती प्रादेशिक अस्पतालले डिस्चार्ज गरेको हो।

तीनदिनपछि उनको थ्रोट स्वावको नमूनाको रिपोर्ट पोजिभिट आएयता उनी सेती प्रादेशिक अस्पतालको आईसोलेसन वार्डमा उपचार गराई रहेका थिए।

त्यसपछि लगातार तीन वटा रिपोर्ट पोजिटिभ आएका शाहीका पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको प्रवक्ता डा.जगदिश जोशीले बताउनु भएको छ । यस संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चारनै रहेको छ भन नेपाल भर मंगलबार सम्म कोरोना क्रमितको संख्या ४० पुगेको जनाइएको छ ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया