गजल :-सन्दर्भ कोरोना

शारदा छेत्री २०७७ वैशाख ८ गते २२:५५ मा प्रकाशित

अमेरिका न्युयोर्क चिहान को शहर बनेको छ।
अक्सिजन भ्यान्टिलेसन पनि जहर बनेको छ ।।

गनेर नसकिने मृत्युबरण गरिरहेका छन ।
सबै अस्पताल हरु मुर्दाघर बनेको छ।।

आज छ भोलि छैन भन्ने सुनिन्छ ।
अत्यासै अत्यासको प्रहर बनेको छ ।।

बिहानि देख्ने आशा मा जिउनु पर्दा ।
मान्छेले मान्छेलाई देख्न रहर बनेको छ ।।

बोल्छ न्युज बोल्छ दिनमा हजारौंको ।
सन्तोष को सास फेर्न पनि कहर बनेको छ।।

प्रतिक्रिया