क्यानडामा अन्धाधुन्ध गोली चलाउदा कम्तिमा १२ जनाको मृत्यु

इनेप्लिज २०७७ वैशाख ८ गते १:१४ मा प्रकाशित

क्यानडामा प्रहरीको पोशाक लगाई १२ घण्टा सम्ममा चलेको अन्धाधुन्ध गोली काण्डमा कम्तिमा १२ जनाको मृत्यु भएको छ । क्यानडामा प्रहरीको वस्त्र लगाई अन्धाधुन्ध गोली चलाउने संदिग्ध व्यक्तिलाई पक्राउ गरिएको थियो भने उनको पनि मृत्यु भएको छ । तर उनको कसरी मृत्यु भएको भन्ने बारेमा प्रहरीले जानकारी गराएका छैनन् ।

प्रहरी अधिकारीहरुले उक्त घटनामा कैयौ घाइते भएका जनाएका छन् ।

उक्त घटना शनिबार १०:३० मा घटेको थियो भनेर एक प्रहरीको निधन भएको छ । प्रहरीले पछ्याउदै जाँदा उक्त संदिग्ध व्यक्तिलाई क्यानडाको पूर्वीय प्रान्त नोभा स्कोसामा फेला पारेका थिए । ५१ बर्षिय ग्याबरिएल वोर्टम्यानलाई आइतबार हिरासतमा लिइएको रोयल क्यानाडिएन माउन्टेड प्रहरीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार उक्त व्यक्तिले प्रहरीको पोशाक लगाएको र प्रहरीको सवारी साधन प्रयोग गरेको जनाएका छन् । तर उक्त व्यक्ति आरसिएमपि(रोयल क्यानाडिएन माउन्टेड प्रहरी)द्वारा भर्ना गरिएको हैन भनि प्रहरीले जानकारी दिएका छन् ।

उनले चाँदी रंगको गाडी प्रयोग गरेका थिए भने उनलाई नोभा स्कोसामा स्थित इन्धन चौकी(ग्यास स्टेसन)मा पक्राउ गरिएको थियो । गोलिबारी गत शनिबार पोर्टापिकमा भएको थियो ।

“यो दुखद डरलाग्दो परिस्थितिमा परेका सबैका निम्ति दुख व्यक्त गर्दछु ” । “म प्रहरीलाई कडा परिश्रम गरेकोमा र अधिकारीहरुलाई सहयोग गरेकोमा मानिसहरुलाई धन्यवाद दिन चाहन्छु।”प्रधानमन्त्री जस्टिन ट्रूडोले ओन्टारियोको आफ्नो घर बाहिर आइतबार भने।

श्रोत : न्यूयोर्क टाइम्स /एसोसिएट प्रेस 

प्रतिक्रिया