कोरोना कहरमा जनसेवामा तल्लिन छन् निमित्त प्रशासकीय अधिकृत : जयनन्द

वीरेन्द्र रावल २०७७ वैशाख ७ गते १३:०९ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी, बैशाख ७÷ एउटा पुरै गाउँपालिका चहार्न एक हप्ता पैदलले पनि भ्याउन मुष्किल पर्ने कैलाली जिल्लाकै सबैभन्दा ठूलेृ पहाडी गाउँपालिका हो मोहन्याल ।

मोहन्याल गाउँपालिकाको एक कुना बाट अर्को कुना पुग्नको लागि तराईको बाटो भएर लम्की चुहा नगरपालिका, बर्दगोरिया, देखि पश्चिम गौरीगंगाा नगरपालिका गरि तीन वटा पालिकाहरुलाई अनिवार्य रुपले पार गर्दे चुरे पहाड अन्तरगत पर्ने पहाडी मोहन्याल गाउँपालिकामा जानु पर्ने बाध्यता रहेको छ । हो, त्यहि गाउँपालिकाका निमित्त प्रमूख प्रशासकीय अधिकृत हुनुहुन्छ जयनन्द जैशी ।

चुरे पहाडका साविक पण्डौन, मोहन्याल र सुगरखाल गरी तीन वटा गाउँ विकास समितिहरुलाइ गाभेर एउटै मोहन्याल गाउँपालिका बनाइएपछि सवारी साधन नचल्ने दुर्गम सुगम जिल्लाकै दुर्गम पहाडी गाउँपालिकामा विगतमा कुनैपनि कर्मचारीहरुले गाउँमा बसेर काम गर्ने वातावरणनै थिएन । बैंकिङ सुविधा,यातायात, विजुली, टेलिफोन र ईन्टरनेटको समेत सुविधा नभएको जिल्लाकै एक मात्र दुर्गम पहाडी जिल्लाको ठूलो एवं विकट पहाडी गाँपालिकाका जनताको सेवा गर्न पनि निकै कष्टकर छ त्यहाँका कर्मचारीहरुलाई।

विगतमा जिल्ला बाहिरका कर्मचारी कार्यरत रहँदाका बखत सेवाग्राहीले निकै गुनासाहरु व्यक्त गर्दथे, जन्म दर्ता ,विहाह तर्दा देखि लिएर सामान्य सिफारिसका लागि पनि सदरमुकाम धनगढी धाउनु पर्ने बाध्यता थियो । तर यति बेला मोहन्याल गाउँपालिकाको वडानम्बर ७ सोल्टा घर भएका अधिकृत जयनन्द जैशी निमित्त प्रमूख प्रशासकीय अधिकृतका रुपमा कार्यरत रहनु भएको छ ।

विगतका दिनहरु भन्दा पनि यति बेला कोरोना संक्रमणका कारण जनताको विकास निमार्ण भन्दा पनि महाविपद्का बेलामा जयनन्द जैशीले जनताको सेवामा अहोरात्र नभिने क्रियाशिल रहनु भएको छ।

गाउँपालिकाका सबै वडाहरुमा विदेशबाट आएका मानिसहरुको तथ्यांक लिने, क्वाईरेन्टाईनको झनझट समाधान गर्ने देखि लिएर स्वास्थ्य सामग्री लगायतको आपुर्ति देखि लिएर राहत वितरण कार्यका संग संगै कार्यालय सञ्चालनका सवालमा पनि निकै दत्तचित्त भएर लागिरहनु भएको छ निमित्त प्रमूख प्रशासकीय जयनन्द जैशी।

विहान खाली पेट मोहन्याल गाउँपालिकाको सोल्टा देखि कच्ची २२ किलोमिटर बाटो कर्णाली चिसापानी सम्म पार गरिसकेपछि १३ किलोमिटर लम्की चुहानगरपालिकाको पार गरिसकेपछि १२ किलोमिटर फेरी बदर्गगोरिया गाउँपालिकाको पार गरिसकेपछि मोहन्याल गाउँपालिकाको वडानम्बर ३ फलेविसौनीमा रहेको गाउँपालिकाको सम्पर्क कार्यालयमा पुग्ने गर्नु हुन्छ – जयनन्द जेशी । दैनिक एकतर्फी ४७ किलोमिटर र दोहोरो गरि ९४ किलोमिटर यात्रा गर्नु पर्ने बाध्यता रहेको छ –निमित्त प्रमूख प्रशासकीय अधिकृत जयनन्द जैसीलाई ।

बाहिरका कर्मचारी भएको भए साहेद उनिहरु राजीनामा दिएर घरमा जान सक्थे होला।

मत गाउँपालिकाकै बासिन्दा, कष्टकर जीवन भोगी सकेको मानिस भएकाले पनि आफ्नो सुख सुविधा भन्दा पनि जन सेवालाईनै मूल उद्देश्य बनाएर काममा रात दिन नभनि खटिने गरेको बताउनु हुन्छ निमित्त प्रमूख प्रशासकीय अधिकृत जयनन्द जैशी।

एक वडा बाट अर्को वडामा जानको लागि पनि पुल पुलेसा नभएको अवस्थामा कर्णाली नदिमा सानो जोखिमयुक्त डुंगामा ज्यान हत्केलामा राखेर भएपनि नदी पार गरेर वडानम्बर ३ का राक्सा ,ताम्चा, पाया,बर्जेना,राँगा मलेखा, गोब्रा लगायतका गाउँमा जानु पर्ने बाध्यतचा रहेको बताउनु हुन्छ निमित्त प्रमूख प्रशासकीय जैशी।

कोरोना संक्रमणका कारण गाउँपालिकाले लक डाउनबाट विपन्न बर्गका मानिसहरुका लागि राहत दिने भनि बनाएको कार्यक्रमलाई सफल पार्नका लागि पनि स्वयं विभिन्न वडाहरुमा जाने गरेको बताउनु हुन्छ निमित्त प्रमूख प्रशासकीय अधिकृत जैशी।

लक डाउनका कारण मोहन्याल गाउँपालिकाका ७ वटै वडाका विपन्न परिवारको तथ्यांक संकलन गर्ने कार्य सम्पन्न भएको निमित्त प्रमूख प्रशासकीय अधिकृत जैशीले बताउनु भयो।

मोहन्याल गाउँपालिकाका ७ वटै वडाका गरी जम्मा ४हजार ३ सय २० घरपरिवारहरुले राहतका लागि वडा कार्यालयहरुबाट सिफारिस आएको पनि निमित्त प्रमूख प्रशासकीय अधिकृत जैशीले बताउनु भएको छ । राहतमा पनि गैर मानिसहरुले नपाउन भन्नका लागि सबै वडा अध्यक्ष र सचिवहरुलाई राजनीतिक पूर्वाग्रह र भेदभावरहित किसिमले आफ्नो विरानो नभनि तथ्यांक उपलब्ध गराउनका लागि पनि आफुले अनुरोध गरेको पनि निमित्त प्रमूख प्रशासकीय अधिकृत जैशी बताउनु हुन्छ । आफुले प्राप्त गरेका सबै तथ्यांकहरुलाई गाउँपालिकाको वेवसाईटमा राखेर सबैको जानकारकिा लागि सूचना उपलब्ध गराउने योजना पनि भैरहेको अधिकृत जैशीले बताउनु भएको छ।

तस्वीरमा :आफै डुंगा चलाएर कर्णाली नदी पार गर्दै निमित्त प्रमूख प्रशासकी अधिकृत जयनन्द जैशी ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया