कोरोनालाई जितेर घर फर्केकी ६५ वर्षिय आमा पहिलो पटक मिडियामा, यस्तो भनिन् सबैलाई

इनेप्लिज २०७७ वैशाख ७ गते १२:२४ मा प्रकाशित


कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएकी बागलुङकी ६५ वर्षीया मनकुमारी पौडेल निको भएर घर फर्किएकी छन् । शनिबार उनको रिपोर्ट नेगेटिभ आएपछि धवलागिरि अस्पतालले डिस्चार्ज गरेको हो । उनको तेस्रो र चौथो पटकको थ्रोट स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो ।

बागलुङ नगरपालिका–३ की उनलाई दुई साता होम क्वारेन्टाइनमा बस्न भनिएको छ ।चैत ४ मा बेल्जियमबाट कतार एयरवेजको विमानबाट आएकी उनलाई कोरोना संक्रमण भएको २० चैतमा पुष्टि भएको थियो । त्यसयता उनको धवलागिरि अस्पतालमा उपचार भइरहेको थियो । तर, उनमा कोरोनाको लक्षण देखिएको थिएन ।

डिस्चार्ज भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो आत्मविश्वासले कोरोनालाई जित्न सफल भएको बताइन् । आफूले परिवारबाट अलग्गै बस्नाले अन्य सदस्यलाई सर्न नपाएको भन्दै उनले पूर्वसचेतना अपनाउनु पर्नेमा जोड दिइन् ।घर फर्किने क्रममा उनले आफ्नो उपचारमा खटिने सबैलाई धन्यवाद समेत दिएकी छिन् ।

प्रतिक्रिया