कोरोना संक्रमणवाट नेपाल वाहिर २८ नेपालीको मृत्यु

इनेप्लिज २०७७ वैशाख ७ गते ४:३० मा प्रकाशित

काठमाडौँ। कोरोना भाइरसको संक्रमणवाट नेपाल वाहिर २८ जना नेपालीको मृत्यु भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएन)ले शनिवार सार्वजनिक गरेको आंकडा अनुसार २८ जनाको मृत्यु हुनाको साथै १ हजार १ सय ६६ जना संक्रमित भएका छन् ।

कोरोना संक्रमणवाट सवैभन्दा वढी वेलायतमा नेपालीहरुको निधन भएको छ भने सवैभन्दा कम आयरल्याण्डमा निधन भएको छ । एनआरएन अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिको स्वास्थ समितिले संकलन गरेको तथ्यांक अनुसार बेलायतमा १७, अमेरिका ८, युएई २, आयरल्याण्ड र १जनाको ज्यान गएको हो ।

सार्वजनिक तथ्यांक अनुसार अहिले २१ वटा देशमा नेपालीहरु कोरोनावाट संक्रमित भएका छन् ।

संक्रमित हुनेहरुमा देशमा अमेरिका ७ सय, वेलायतमा २ सय, स्पेन १०, यूएइ ७१, जर्मनी ४, पोर्तुगल २२, अष्ट्रेलिया ११, आयरल्यण्ड २२, साउदी अरब ४, कुवेत २१, फ्रान्स १, जापान १, मलेसिया ३, म्यानरमार १, बेल्जियम ४, क्यानाडा ३, स्वीट्डरल्याण्ड ५, मल्टा २, हङकंङ १, र नेपाल ३१ जना कोरोना संक्रमित रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया