निको भएका १६३ जनामा पुन कोरोना संक्रमण

इनेप्लिज २०७७ वैशाख ६ गते १२:११ मा प्रकाशित


सिउल, कोरिया । कोरोना एक पटक निको भएपछि दोहोरिदैन भनिए पनि दक्षिण कोरियामा १६३ जनामा पुन संक्रमण देखिएको छ ।

कोरियाको रोग तथा नियन्त्रण केन्द्र (केसीडीसी)ले स्वाथ्य अधिकारीहरुले कसरी संक्रमण दोहोरियो भन्ने रहस्यको खोजी गरिरहेको उल्लेख गरेको छ । चीनमा पनि कोरोना संक्रमण पुन देखिएको उल्लेख छ तर आधिकारिक तथ्यांक भने छैन ।

दक्षिण कोरियामा कोरोना संक्रमण पुन दोहोरिनेको प्रतिशत भने २.१ मात्रै रहेको उल्लेख छ ।
(स्रोत : सीएनएन)

प्रतिक्रिया